लडाकू शिविरमा भएको भ्रष्टाचार छानबिन गराउन एमाओवादी नेतृत्व वाध्य

७ भाद्र २०६९, बिहीबार ०९:२६ मा प्रकाशित

काठमाडौं, ७ भदौ । साउनको पहिलो साता राजधानीमा सम्पन्न माओवादीको सातौं विस्तारित बैठकमा लडाकु शिविरमा करौडौ भष्टाचार भएको भन्दै पुर्वलडाकुहरुले बैठक अवरुद्ध गरेपछि एकीकृत माओवादीले सोबारे छानविन आयोग गठन गरेको थियो । सचिव पोष्टबहादूर बोगटीको संयोजकत्वमा गठित माओवादी पुर्वलडाकु शिविरमा भएको अनियमितता सम्बन्धी छानविन आयोगले एक महिना ढिलाई गरेर अनुसन्धान सुरु गरेको छ । आयोगको बुधबार बसेको बैठकले सातवटै सिविरबाट प्राप्त खर्च विवरणको प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।
पहिलो चरणमा सात वटा डिभिजन भएको खर्चबारे छानविन सुरु भएको र दोस्रो चरणमा २१ सहायक सिविरको हिसाव हेरिने विभाग सदस्य हित पाण्डेले जनाएका छन् । लडाकु शिविरको भौतिक पुर्वाधार निर्माण, भरणपोषण र तलबभत्तागरी १० अर्बभन्दा बढी रकम खर्च भएको थियो भने आयोगले लडाकु कमान्डरमार्फत खर्च भएको रकमको छानविन गर्ने म्यान्डेट पाएको छ ।
राजधानीको कपनमा मंगलबार भएको ताम्सालिङ राज्य समितिको प्रशिक्षणमा लडाकु शिविरभित्र भएको आर्थिक अनियमितताबारे छानविन ढिलाइ भइरहेकोमा सहभागीले आपत्ती जनाएपछि छानबिन आयोगमार्फत् काम सुरु गराउन एमाओवादी नेतृत्व बाध्य बनेको बुझिएको छ । सो प्रशिक्षणमा अध्यक्ष पूष्पकमल दाहालले आयोगले छिट्टै काम अघि बढाउने उल्लेख गर्दै आयोगको म्याद १५ दिन थप्नूपर्ने बताएका थिए । शिविरको भ्रष्टाचार छानविन गर्न माग गर्ने अगूवा पुर्वलडाकु कमान्डर सरल सहयात्री पौडेलले छानविन ढिलाइ भएको बताए । ुछानविन ढिलाइ भएको छ, हामीले कूरा उठायौ । आयोगले काम गरिरहेको होलाु उनले भने, ुछिटो छानविन हूनूपर्छ ।ु सरकारका तर्फबाट लडाकुको शिविरको भौतिक पुर्वाधार निर्माण, लडाकुको भरणपोषण र तलबभत्ताबाट करिब १० करौड रुपैया भ्रष्टाचार भएको उनले दाबी गरे । त्यसबेला माओवादीले लडाकुबाट वाइसीएलमा आएकाहरुलाई दिने भन्दै प्रतिलडाकु एकहजारका दरले उठाएको थियो । त्यो रकम पनि अनियमितता भएको उनको आरोप छ ।

सातौ विस्तारित बैठकाम कमान्डहरुमाथि भ्रष्टाचारको आरोप लागेपछि पुर्व लडाकुका ६ जना डिजिभन र एक सहायक डिभिजन कमान्डरले राजीनामा दिएका थिए । उनीहरुले आफुहरुलाई बलीको बोका बनाइएको भन्दै नेताहरु आफुहरु पानीमाथिको ओभानो हून खोजेको बताए । कमान्डरहरुलाई भ्रष्टाचारीको आरोप लगाएर हामीलाई बलिको बोका बनाउने प्रयास भयो, एक असन्तूष्ट लडाकु कमान्डरले भने, ुहामीलाई शिकार बनाइयो भने हामी पनि त्यसबेला बोल्नूपर्ने हून्छ ।

चितवन शक्तिखोरस्थित तेश्रो डिभिजनमा सबभन्दा धेरै अनियमितता भएको छानविन माग गर्ने पुर्वलडाकुहरुको दाबी छ । तेश्रो डिभिजन कमान्डर धनबहादूर मास्कीमाथि हिसाबकिताब अनियमितता गरेको आरोप उनीहरुले लगाएका छन् । तेश्रो डिभिजनमा धेरै अनियमितता भएको छु पौडेलले भने, धेरै, थोरै अरु डिभिजनमा पनि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर