शेर्पा किदुग अमेरिकाको आयोजनामा मैत्रीपूर्ण खेल सम्पन्न

७ भाद्र २०६९, बिहीबार ०२:१० मा प्रकाशित

न्यूयोर्क । हरेक बर्ष बिबिध खेलहरुका साथ शेर्पा किदुग अमेरिकाले आयोजना गरिने ग्रिस्मकलिन खेलकुद प्रतियोगिता यही अगस्त १९, २०१२ का दिन न्यूयोर्कको कुइन्स स्थित कुइन्स ब्रिज पार्कमा भब्यताका साथ सम्पन्न भएको छ ।

न्यूयोर्कमा क्रियाशिल बिभिन्न नेपाली संघ संस्थाहरुमा आबद्ध नेपालीहरुबीच परिचय, एकता,भातृत्व, भाइचाराको बिकास र नेपालीहरुमा खेलप्रतीको अभिरुची बढाउनको लागि किदुगले हरेक बर्ष बिबिध खेलहरु सम्मिलित ग्रिस्मकलिन खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । शेर्पा किदुगको यो छैटौं ग्रिस्मकलिन खेलकुद प्रतियोगिता हो ।

फुटबलतर्फ विभिन्न नेपाली संस्थाहरुका कार्यसमितिका सदस्यहरु सम्मिलित आठवटा समुह जसमा रिजउड नेपाली समाज, तामाङ सोसाइटी अमेरिका, किरात यक्थुम चुमलुङ, किरात राई सोसाइटी अफ अमेरिका, ग्यल्सुम्दो समाज, नेपाली कला मन्दिर, शेर्पा किदुग अमेरिका र नेपाली सगरमाथा आरोही समुह र भलिबलतर्फ चार समूह जसमा शेर्पा किदुग अमेरिका, एभरेष्ट क्लब कनेटिकट, एनवाइएनवाइसी ‘ए’ समुह र ‘बि’ समुह प्रस्तिस्पर्धामा उत्रेकाका थिए । फुटबल तर्फ ग्यल्सुम्दो समाज प्रथम र सगरमाथा आरोही समुह दोस्रो भएका थिए भने बलिबल तर्फ शेर्पा किदुग अमेरिका प्रथम, एनवाइएनवाइसी द्धितिय र एभरेष्ट क्लब कनटिकट तेस्रो भएका थिए ।

२००७ देखी सुरु गरिएको ३५०० डलर राशीको शेर्पा किदुग बलिबल रानीङ शिल्ड हाल सम्म हिमालयन कम्युनिटीले २००७, एती क्लबले २००८ र २००९, शेर्पा किदुगले २०१०, एनवाइएनसीले २०११ र शेर्पा किदुगले २०१२ मा जितिका थिए । लगतार तीन पटक सम्मा जित्नु पर्ने उक्त बलिबल शिल्डको मुल्यको लागि सन २००७ मा कर्मा गेल्जेन शेर्पाले १००० डलर, मिङ्मार शेर्पा (सुशीले १५०० डलर, आङ छिरिङ शेर्पाले ५०० डलर र गम्बु शेर्पाले ५०० डलर प्रदान गरेका थिए ।

 

न्यूयोर्क र असपस क्षेत्रका नेपालीहरुको उल्लेखिनिय उपस्थिती रहेको उक्त कार्यक्रममा फुटबल र भलिबलखेलको अतिरिक्त अन्य रमाइलो खेलहरु डोरी तनाइ, बालबालिकाहरुको लागि स्पोन रेस र अन्ताक्षरी जस्ता खेलहरु पनि खेलाईएका थियो ।

नेपालमा कराँतेका पहिलो जन्मदाता र हल युएस नेपाल स्पोर्टस एन्ड कल्चरल इन्कका अध्यक्ष थानेस्वर राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त खेल प्रतियोगिताका बिजेताहरुलाई शेर्पा किदुगका अध्यक्ष छोङ्बा शेर्पा र उक्त खेल कार्यक्रमका संयोजाक निमा शेर्पाले शिल्ड, प्रमाण पत्र, पदक तथा पुरुस्कार बितरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र