‘सेक्स’ किन देखाउन नहुने ?: मेलिना मानन्धर

७ भाद्र २०६९, बिहीबार ०२:०० मा प्रकाशित

काठमाडौँ । पाँच दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी नायिका मेलिना मानन्धर करिब दुई वर्षदेखि सिने पर्दाबाट हराएकी छिन् । आक्कलझुक्कल विज्ञापनमा झुल्किएपनि ठूलो पर्दाबाट भने उनी ओझेलमै छिन् । करियरभन्दा पनि बच्चाको भविष्यप्रति चिन्तित नायिका मेलिना आखिर किन हराइन् पर्दाबाट ? यसै विषयमा मेलिनासँगको छोटो कुराकानीः

सिनेमाभन्दा पनि घरगृहिस्थीमै रमाउन थाल्नुभयो नि ?
बच्चा भएपछि उसकै लागि बढी समय दिएकी हुँ । यसको मतलब म सिनेमाबाट टाढिएकी होइन । विज्ञापनजस्ता छोटाछोटा सिनहरु गरिरहेकी छु ।

सिनेमामा चाहिं प्रस्ताव आउन छोडेको भएर विज्ञापनतिर लाग्नुभएको ?
होइन । समय नभएर हो । बीचबीचमा अफर आइरहन्छन् ।

नायिकाहरु उमेरका कारण निश्चित अवधिसम्म मात्रै सक्रिय हुन्छन् रे । त्यस्तै हो ?
नायक वा नायिका जसको पनि समयसँगै आ-आफ्नै बाटोमा लाग्नुपर्ने हुन्छ । प्राथमिकताहरु बदलिरहन्छन् नि ।

तैपनि नेपाली नायिकाहरुचाहिं विवाहपछि आफ्नो फिल्मी करियर नै सकिएको ठान्छन् रे नि ?
यो प्रश्न नेपालमा मात्रै धेरै गरिन्छ । म त विवाहपछि नै बढी व्यस्त भएँ । अहिले चाहिं मेरो कामभन्दा बच्चाको भविष्य बढी महत्वपूर्ण हो जस्तो लाग्छ ।

अब कहिलेदेखि पुनः पर्दामा देखिनुहुन्छ होला त्यसोभए ?
ठ्याक्कै भन्न सक्दिन । जुन समयदेखि मेरा बच्चालाई म नहुँदा पनि सहज हुन्छ त्यही बेलादेखि फिल्मी दुनियाँबारे सोच्छु ।

फिल्म क्षेत्रमा जे सपना लिएर आउनुभएको थियो पूरा भएजस्तो लाग्छ, आफ्नै बाटो फर्किएर हेर्दा ?
म यस्तो बन्छु, उस्तो गर्छु भनेर यता लागेकी होइन । बा-आमाको पो सपना हुन्छ छोराछोरी यस्तो होस् भन्ने । मेरो केही थिएन ।

तैपनि केही न केही सोचेर नै त नायिका बन्नुभयो ?
छैन । सपना ठूलो देखेर पूरा नहुँदा म फिल्मी क्षेत्रबाट हराएको होइन । खाली प्राथमिकता फेरिएको मात्रै हो । फेरि फिल्मी क्षेत्र यस्तो हो, जहाँ रिटायर भन्ने नै हुँदैन ।

प्रसंग बदलौं, अहिले नेपाली सिनेमाले यौनलाई बिकाउन खोजेको छ रे हो ?
मैले त्यति गहिराइमा अध्ययन त गरेकी छैन । तर ट्रेलरहरु हेर्दा त्यस्तो देखिंदैन । बरु राम्रै गर्न खोजेको जस्तो देख्छु ।

तर कतिपयले त वेश्यालय र विद्यालय फरक चीज हुन् भनेर फिल्म पनि वेश्यालय बन खोजेको टिप्पणी गरेका छन् ?
यो त अभद्र बचन हो । यस्तो भन्ने व्यक्ति यौनको मामलामा बाहिर राम्रो देखिए पनि भित्र झन् डेन्जर हुन्छ ।

फिल्मले कथावस्तु प्रस्तुतिकरणलाई नौलोपन दिनेभन्दा यौनलाई नै बिकाउन खोज्दा स्तर घट्छ भन्ने उहाँहरुको चिन्तालाई कसरी नराम्रो भन्ने ?
यस्ता फिल्म बन्नु कुनै ठूलो कुरा होइन । यो ग्ल्यामरस क्षेत्र हो । हाम्रो संस्कारका कारण कतिपय मानिसलाई यी कुरा पचाउन गार्‍हो परेको मात्र हो । इन्टरनेट वा अन्य माध्यमबाट हेर्न हुने अनि फिल्ममा अलिकति देखायो भनेचाहिं कराउनु, आडम्बर मात्रै हो ।
(Source: filmnepal.com)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्