जवानलाइन भत्किएर सैनिकको मृत्यु

६ भाद्र २०६९, बुधबार २२:३५ मा प्रकाशित

काठमाडौं, ६ भदौ । चार दिनदेखि लगातार पानी परेका कारण डोल्पा जिल्लामा तैनाथ समरसुर गुल्मको जवानलाइन भत्किएर मित्रलाल गुरुङ नामक सैनिक हुद्दाको मृत्यु भएको र तीन जवान घाइते भएको नेपाली सेनाले जनाएको छ ।
ग्त मंगलबार घटना घटेलगत्तै तीन जनालाई सचेत र हुद्धा मित्रलाललाई अचेत अवस्थामा उद्धार गरिएकोमा गुरुङको डोल्पाको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेहरुलाई सेनाकै हेलिकप्टरबाट काठमाडौं ल्याई वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहको छ ।
यसैबीच, बुधबार अपरान्ह कमलपोखरीस्थित सिटी सेन्टरमा लागेको आगो नियन्त्रण तथा उद्धार कार्यको लागि नेपाली सेनाले २ वटा दमकल र पानी ट्याङरसहित अधिकृतको कमाण्डमा ७१ जना फौज परिचालन गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको