प्रहरीको निशानामा चुल्ठे–मुन्द्रे

६ भाद्र २०६९, बुधबार २२:१० मा प्रकाशित

बांके, ६ भदौ । जिल्ला प्रहरी प्रशासनले चुल्ठे–मुन्द्रे र लामो कपाल पाल्ने ठिटाहरुलाई नियन्त्रणमा लिंदै परामर्शसहित अभिभावकको जिम्मा लगाउने अभियान थालेको छ । सार्वजनिक अपराधका घटनामा चुल्ठे, मुन्द्रेको संलग्नता व्यापक हुन थालेका कारण नेपालगञ्जमा ‘चुल्ठे–मुन्द्रे नियन्त्रण अभियान’ सुरु गरिएको बांके प्रहरी प्रमुख विक्रमसिंह थापाले बताउनु भयो ।

अभियानको पहिलो चरणअन्तर्गत प्रहरीले अहिलेसम्म १३० भन्दा बढी चुल्ठे–मुन्द्रे र लामो कपाल पाल्ने ठिटालाई पक्राउ गरी परामर्शसहित अभिभावकको जिम्मा लगाएको छ भने लागुऔषध सेवन, ओसारपोसार, चोरी, लुटपाट तथा केटी जिस्काउने कार्यमा चुल्ठे–मुन्द्रेको संलग्नता व्यापक देखिएको प्रहरीले जनाएको छ ।
अस्वाभाविक पहिरन, कपाल रङ्गाउने, कान–चिउँडो छेड्ने, आँखीभौँ तथा कानमा मन्द्रा लगाउनेहरु कुलतमा फसेका र फस्ने सम्भावनामा रहने हुँदा र त्यस्ताबाट धेरै अपराधका घटना भइरहेकाले अभियान सञ्चालन गर्नुलाई अन्यथा सम्झन नहुने प्रहरी कथन छ । यस अभियानअन्तर्गत पक्राउ गरिएकामध्ये अपराधमा संलग्नता रहेकामाथि प्रहरीले थप अनुसन्धान पनि सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका