कांग्रेसमा पनि माओवादीको रोग

६ भाद्र २०६९, बुधबार २१:३३ मा प्रकाशित

काठमाडौं, ६ भदौ । एमाओवादी, एमालेलगायतका दलहरुमा भएको अन्तर्कलहका कारण पैदा भएको अप्ठ्यारो अवस्थाबाट पाठ सिक्नुको साटो नेपाली कांग्रेस पनि जानाजान त्यस्तै बिग्रहको बाटोमा होमिएको अनुभूति गरिन थालिएको छ । आज नुवाकोटमा भएको एक घटनाले यस्तो अनुभूति गराएको हो ।
प्राप्त समाचारअनुसार नेपाली कांग्रेसको भागिनी सङ्गठन नेपाल महिला सङ्घ नुवाकोटको सङ्गठन सुदृढीकरणसम्बन्धी नुवाकोट बिदुरमा भएको अन्तर्क्रिया कार्यक्रममा कांग्रेस संस्थापन र देउवा पक्षका कार्यकर्ताबीच झडप भएको छ । नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष बिन्दा अर्यालको अध्यक्षतामा कार्यक्रम भएपछि प्रजातान्त्रिक कांग्रेस हुँदाको महिला सङ्घको अध्यक्ष कल्पना नेपालीले आफ्नो भूमिकाको बारेमा प्रश्न गरेपछि विवाद उठेको बताइन्छ । मन्तव्य राख्नेक्रममा जिल्ला सभापति जगदीश नरसिंह केसीले उत्तेजित शैलीमा महिला सङ्घको विवाद केन्द्रबाट आएको भन्दै केन्द्रीय सदस्य प्रकाशशरण महत, सङ्घकी केन्द्रीय अध्यक्ष डा. डिला सङ्ग्रौलालगायतमाथि घुमाउलो शैलीमा बोलेपछि विवाद चर्किएको थियो।सभापति केसीले बोल्दै गर्दा बहादुरसिंह लामाले विरोध गर्दै आएर कुर्सी फाल्दै मङ्गलादेवी सिंहको तस्वीरसमेत फोडिदिएका थिए। लामाले विरोध गर्न थालेपछि महत पक्ष भनी चिनिएकाहरू एक स्वरमा केसी पक्षको विरोधमा उत्रिए।
विवादमा हात हालाहालको अवस्था आएपछि सङ्घकी केन्द्रीय अध्यक्ष सङ्ग्रौलाले कार्यक्रम स्थगित भएको भन्दै आफ्ना सहकर्मीसहित बाहिरिएकी थिइन्। विवाद साम्य बनाउन केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी बोल्न खोज्दा महत पक्षले विरोध गरी बोल्न दिएनन् भने केन्द्रीय सदस्य महत भने केही नबोली आफ्ना कार्यकर्ता लिएर निस्किए। घटनाले दुःखी बनाएको भन्दै केन्द्रीय अध्यक्ष सङ्ग्रौलाले जिल्लामा केही संयोजन बिग्रिएको भन्दै आफूहरू कुनै गुटबन्दी गर्न जिल्लामा नआएको बताएकी राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार