केन्यामा भएको जातीय झडपमा ४८ जनाको मृत्यु

६ भाद्र २०६९, बुधबार २१:१९ मा प्रकाशित

६ भदौ । केन्याको दक्षिणपश्चिमी क्षेत्रमा भएको जातिय झडपमा परी कम्तिमा ४८ व्यक्तिले ज्यान गुमाएका छन् । ताना रिभर जिल्लामा ओर्मा र पोकोमो समुहका बीचमा भएको झडपमा यतिधेरै मानिसले ज्यान गुमाएका हुन् । मारिनेमा अधिकांस बालबालिका र महीला भएको जिल्लाका प्रहरी प्रमुखले जनाएका छन् । यस घटनालाई बिगत ४ बर्षयताकै सबैभन्दा ठूलो हिंसात्मक घटनाको रुपमा हेरिएको छ । घटनामा ३१ महिला ११ बालबालिका र ६ पुरुष मारिएका छन् । मारिएका अधिकांस जलेको अवस्थामा पाइएकाले सबैलाई ज्युंदै जलाएको आशंका गरिएको छ । केन्यामा जातीय दङगाहरु हुने गरेता पनि यति ठूलो संख्यमा मानिसहरुको ज्यान जाने गरी भएको घटना भने पहिलो भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार

क्यानाडा । चिनियाँ अग्रणी टेलिकम कम्पनी हुवावेईकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौता लगत्तै क्यानाडाबाट चीन फर्किएकी छन्। उक्त कम्पनीको आर्थिक

काठमाडौँ ।विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन्

संयुक्त राष्ट्रसंघ। विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घको महासभामा विश्व र आ-आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने