खुमबहादुरले के के भने

६ भाद्र २०६९, बुधबार १७:०० मा प्रकाशित

काठमाडौं, ६ भदौ । सर्वोच्च अदालले भष्ट्रचारी ठहर गरेको कांग्रेस नेता खुमबहादुर खड्काले आफुलाई पुर्वाग्रहका आधारमा भ्रष्टचारको मुद्दामा फसाइएको बताएका छन । उनले अदालत परिसरमा संचारमाध्यमलाई प्रतिकि्रया दिदै आफ्ना लागि जेल नौलो ठाँउ नभएको भन्दै छाति फुलाएर जेलमा बस्ने पनि बताए ।
सर्वोच्च अदालतको फैसला बमोजिम जिल्ला अदालत काठमाडौमा आफै उपस्थित भएका खड्काले जेल जानेक्रममा जिल्ला अदालत परिसरमा आफुलाई षड्यन्त्रमुलक ढंगबाट फसाईएको बताए । उनले आफु राष्ट्रवादी र प्रजातन्त्रवादी र नेपाली कांग्रेसको ्सिपाहि भएकाले भ्रष्टचारको मुद्दामा फसाइएको बताए । साथै जिवनभर राष्ट्रयता र प्रजातन्त्रको पक्षमा लडिरहने समेत जिकिर गरे । अदालत परिसरमा आफु कानुनी राज्य र सर्वोच्च अदालतको सम्मान गर्ने बताउदै दुईजना न्यायधिशहरुको फैसलाले आफ्नो जनमत जाँच्न नसक्ने बताए । खड्काले जेलमुक्त भएपछि आफु जनतामा जाने समेत बताए ।
खड्काले सर्वोच्च अदालतको सम्मान गर्ने बताएपनि न्याधिशहरुले बिगतमा आफैले स्थापित गरेका नजिरलाई आफ्रनो मुद्दामा स्थापित नगरेकोमा आक्रोश समेत पोखे ।
खड्काले आफुलाई पंचायतकालमा डाँका चोरी मुद्दा समेत लगाएको स्मरण गर्दै भ्रष्टचारको मुद्दामा षड्यन्त्रमुलक ढंगबाट फसाएकाले जेललाई पवित्र घरका रुपमा लिदै छाति फुलाइएर जेल बस्ने बताए । खड्काले आफुलाई बैशाकमा हुने आम निर्वाचनलाई प्रभावित पार्नका लागि षड्न्त्रमुलक ढंगबाट जेल पठाइएको समेत जिकिर गरे । अदालतबाट जेल जानेक्रमा कांग्रेस कार्यकर्ता बिषेश गरि नेपाल बिद्यार्थी संघ तरुण दल तथा आफ्नो पक्षमा निर्णय गरेको नेपाली कांग्रेस र सवै जिल्लाका जिल्ला सभापतिहरुलाई धन्यवाद दिदै इतिहाँसमा जस्तै फेरी प्रजातन्त्रवादीको बिकल्प नभएकाले धैर्य गर्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार