“गाउँको सम्झनामा” – मालिकराम राई ‘वियोगी’

२ चैत्र २०६८, बिहीबार ११:३९ मा प्रकाशित

म जन्मेंको गाउँ सोल्मा
म हुर्केको ठाउँ दिक्तेल
उसको सिरानी रुपाकोट
अलि पर
किराती उद्गमस्थल तुवाचुङ
अलि तल
अति सुन्दर ट्याम्के डाँडा
यता उता
रावा, सावा, साप्सु
अझ पर
दुधकाशी, सुनकोशी, सप्तकोशी
अझ माथि
हिंमश्रृखला अनि सगरमाथा

यस्तै यस्तै
अरु सुन्दरता र गहनाहरुले
सजिसजाउ, भरिभराउ
म जन्मेको गाउँ सोल्मा
म हुर्केको ठाउँ दिक्तेल
म यहीं जन्मेँ
म यहीँ खेलेँ
म यहीं हुर्कें

लेकबेंसी, वनजंगल, डाँडापाखा
नागी, चउर,, भन्ज्याङ, चौतारीहरु
राजखर्क र तालखर्क
भतेरे चउर र झगडे पाखा
जोगीडाँडा र लालडाँडा
सीमखेत र भूमेखेत
चुवाबोटे र टिम्बुरबोटे
माथिल्लो बारी र तल्लोबारी
सबै सबै
मेरो स्मृति र सम्झनामा आउने
म जन्मेको गाउँ सोल्मा
म हुर्केको ठाउँ दिक्तेल
टेकुवा, ढाकर र नाम्लो
हलो, जुवा र कोदालोसँग
पसिनाका जीवन साट्दै
मुर्चुङ्गो, बिनायो र ढोलझ्याम्टा
सिलु र चौरीको पुच्छरले
हाँसोको साकेलासिली नाच्दै
नछुङ, तोकाया
सिलीमपा र सिलीममासँग
जीवनवृतिको अभिनय गर्दै

यस्तै यस्तै
अनेक संस्कृति र संस्कारमा
अनन्त अनन्त बाँचिरहेको
म जन्मेको गाउँ सोल्मा
म हुर्केको ठाउँ दिक्तेल
अहिले त ऊ
साह्रै शून्य अनि उदास
कान्तिहीन अनि निराश

जिन्दगीको उराठलाग्दो पल घिचाउदै
मनभित्रका कुण्ठा र वेदनाहरुलाई
विवशता र बाध्यताहरुलाई
कहिले गाउँले भएर
हामी एक्लै बेसहारा
कसरी बाँच्नु
चाँडै यसको विकल्प खोज्नु
कहिले चेली भएर

हरेक पल हामीले
तिम्रो प्रतिबिम्ब
फूलको थुँगामा कति खोज्नु
चेलीहरुको लागि पनि घरदेश र्फकनु
कहिले ऊ
ट्याम्के, रुपाकोट, तुवाचुङ
वनजंगल, डाँडापाखा
भन्ज्याङ, चौतारी

सिमेभूमे अनि देउरालील भएर
कहिलेकाहीं हामीलाई पनि सम्झनु
परदेशी मात्र भएर नबस्नु
यस्तै यस्तै मनपोल्ने
मनको वेदना पोख्छ
मनको पीर व्यथा पोख्छ
विलौना गर्छ अनुरोध गर्छ

म जन्मेको गाउँ सोल्मा
म हुर्केको ठाउँ दिक्तेल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार