अमेरिकाले ट्राभल एड्भाइजरी हटायो, विदेशयात्रा गर्न पाउने

२६ श्रावण २०७७, सोमबार ०६:१४ मा प्रकाशित

वाशिंगटन । अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई यात्रा नगर्नका लागि दिएको ट्राभल एड्भाइजरी हटाएको छ । झण्डै साढे ४ महिनापछि विहिबार अमेरिकी सरकारले यात्रा नगर्नका लागि दिएको सुझाव हटाएको हो ।
गत मार्च १९ मा अमेरिकी सरकारले चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई यात्रा नगर्न सुझाव दिएको थियो । अब अमेरिकी सरकारले विश्वब्यापी चेतावनी हटाएर देशहरु सम्बन्धित यात्रा सुझावहरुमात्र दिएको छ ।
अमेरिकी नागरिकले हरेक देशको अवस्था हेरेर यात्राको योजना बनाउन सक्नेछन् । हरेक देशका सन्दर्भमा अमेरिकाले पहिलोदेखि चौथो स्तरसम्मको ट्राभल एड्भाइजरी जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९