व्यापारिक केन्द्र सीटी सेन्टरमा आगलागी

६ भाद्र २०६९, बुधबार १६:५७ मा प्रकाशित

काठमाडौं, ६ भदौ । अहिले सुख्यायामको समय होइन । तर यो समयमा पनि आगलागीका घटनाहरु भने भइरहेका छन् । विशाल भवनमा अत्याधुनिक प्रविधि तथा बढी भारको बिजुलीको प्रयोगका कारण पनि आगलागी हुने गरेका छन् । राजधानीको कमलपोखरीमा रहेको सिटी सेन्टरमा बुधवार भएको आगलागीलाई पनि यस्कैको उदाहरणको रुपमा लिन सकिन्छ । राजधानीको मुटु कमलपोखरीमा रहेको व्यापारिक केन्द्र सीटी सेन्टरमा बुधबार अपरान्ह आगलागी भएको छ । ७ वटा दमकल तथा दश वटा पानी ट्याङकरको प्रयोग गरेर १ घन्टा भित्र आगो नियन्त्रण लिइएको थियो । भुइतल्ला मुनि पाकिर्ङमा रहेको जेनरेटर तातेर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग कमलपोखरीले जनाएअनुसार कुनै मानवीय क्षति भएको छैन । आगलगीको हल्लासंगै सीटी सेन्टरमा भागदौड भएको थियो । नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेनाका पाँच सय भन्दा वढि सुरक्षाकर्मी परिचालन गरेर आगालागी नियन्त्रणमा लिइएको हो । त्यस्तै स्थानीयवासी सेन्टरमा किनमेल गर्न आएका व्यक्तिहरु पनि आगलागी नियन्त्रणमा सकि्रय भएका थिए । आगलागी माथिल्लो तल्लामा सर्न नपाएकाले पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । सिटी सेन्टर सडक छेउमै रहेकाले पनि आगलागी नियन्त्रणमा लिन सजिलो भएको हो । सिटी सेन्टर राजधानीमा सबैभन्दा चलेको व्यापारी केन्द्र मानिन्छ । सिटी सेन्टरमा सबै खाले अत्याधुनिक साम्रागी लत्ता कपडा जुत्ता विद्युतीय सामान सहित सिनेमा हल पनि रहेका छन् । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने यस्ता विशाल व्यापारीक केन्द्रहरुमा आगलागी हुने बित्तिकै आगो नियन्त्रणका लागि केन्द्रमै व्यवस्था गरिएको हुन्छ । तर नॆपालका व्यापारीक केन्द्रहरु मुनाफा कमाउन मात्र लक्षित भएको पाइन्छ । कुनै पनि समय हुन सक्ने घटनाबाट धनजनको सुरक्षा गर्नका लागि बेलैमा सर्तक हुनु जरुरी छ । सिटी सेन्टरमा भएको आगलागीबाट अन्य व्यापारीक केन्द्रहरु पनि पाठ सिक्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल