अर्यालको ‘हिमाल हेर्ने पाइलाहरु’ विमोचित

२५ श्रावण २०७७, आईतवार ०३:२७ मा प्रकाशित

काठमाडौँ, २४ साउन । नियात्राशिल्पी सरस्वती अर्यालको पहिलो नियात्रा कृति ‘हिमाल हेर्ने पाइलाहरु’ विमोचन भएको छ । नियात्रा समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा अर्यालको पहिलो नियात्रा कृति विमोचन भएको हो । रसुवाको लाङटाङ हिमाल तथा मनाङ, मुस्ताङसम्म जाँदाका यात्रा अनूभूतिलाई समेटिएर लेखिएको उक्त कृति विमोचन गरिएको हो ।

कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले महिलाले हिमाली क्षेत्रमा भ्रमण गर्नु साहसिक कार्य भएको बताउँदै उक्त भ्रमणलाई पुस्तकमा उतार्नु झन् चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्नुभयो । लेखक अर्यालले आफ्ना यात्रा अनुभवलाई कृतिमार्फत पाठकमाझ ल्याउन पाउँदा गौरवको महसुस भएको बताउनुभयो । नियात्रा समाजका कोषाध्यक्ष गीता रेग्मीले अर्यालको नियात्रासँगै नेपालको नियात्रा क्षेत्रमा थप इँटा थपिएको उल्लेख गर्नुभयो । कार्यक्रममा साहित्यकार महेश पौड्याल, प्रतीक ढकाल, प्रभा बराल, भवानी खतिवडालगायतले महिलालाई यात्रामा निस्कन अनेक समस्या भए पनि पुस्तक तयार गरेर आम पाठकमाझ ल्याउनु प्रशंसनीय भएको बताउनुभएको थियो । पुस्तक मकालु प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो