मदन पुरस्कारका दावेदार सात पुस्तकको सूची सार्वजनिक

२३ श्रावण २०७७, शुक्रबार ०७:३० मा प्रकाशित

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तकहरू छनौट गरेको छ । मदन पुरस्कारका लागि गुठीलाई २०७६ मा प्रकाशित १५१ पुस्तकहरू प्राप्त भएको जानकारी दिँदै सात पुस्तकको सूची सार्वजनिक गरेको हो । ‘प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो । छनौटमा परेका यी पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिनेछ ।’ गुठीद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

छनौटमा परेका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता योगी, धर्ममहारसको महारसनिघण्टु (खण्ड १ – ३) रहेको छ । त्यस्तै चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो