खुमबहादुर खड्का डिल्लीबजार जेलमा

६ भाद्र २०६९, बुधबार १६:१९ मा प्रकाशित

काठमाडौं, भदौ ६ – भ्रष्टाचारी ठहर पुर्व मन्त्री तथा काँग्रेस नेता खुमबहादुर खड्कालाई जेल चलान गरिएको छ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएको ९ दिनपछि फैसला कार्यान्वयनका लागि काठमाडौ जिल्ला अदालतमा हाजिर भएका खड्कालाई सदरखोर डिल्ली बजार लगिएको काठमाडौ जिल्ला अदालतले जनाएको छ ।
खड्कालाई २० प्रतिशत जरिवाना र कैद छुटसहित डिल्ली बजार कारागार चलान गरिएको अदालले जनाएको छ । उनलाई ९४ लाख रुपियाँ जरिवाना तोकिएकोमा अब ७५ लाख रुपियाँमात्र बुझाए पुग्न‍े भएको छ भने ११ महिनामात्र उनले जेलमा बिताउनुपर्नेछ।
अख्तियारको कैदमा २ महिना बिताइसकेकाले उनको कैद ११ महिनामा सीमित भएको हो। अदालतमा उपस्थित भएवापत उनलाई २० प्रतिशत सजाय छुट भएको हो।
खड्काले सर्वोच्च अदालतको पुर्ण इजलासमा मुद्दाको पुनरावलोकनको निवेदन दिने भनिएपनि खड्का अदालत जानुभएको थियो । खड्काले जेलबाटै पनि पुनरावलोकन गर्न सक्ने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता