राष्ट्रपति कसैबाट पनि तर्सनु हुँदैनः नेपाल

६ भाद्र २०६९, बुधबार १६:१४ मा प्रकाशित

काठमाडौं, ६ भदौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति रामवरण यादव कसैबाट पनि तर्सनु नहुने बताएका छन् । उनले सत्तारुढ एमाओवादीले राष्ट्रपतिलाई धम्क्याएर तथा त्रसाएर आफ्नो दुनो सोझ्याउन खोजेको आरोप लगाउँदै कसैबाट पनि नतर्सिकण अघि बढ्न आग्रह गरेका हुन् ।
युवा संघ नेपालले राजधानीमा आज आयोजना गरेको कार्यक्रममा नेपालले एमाओवादीको धम्कीवाट राष्ट्रपति त्रसनु जरुरी नभएको पनि वताए । उनले एमाओवादीको धम्कीवाट नत्रसे ऊ आफैं पुच्छर लुकाएर भाग्ने ठोकुवा गरे । ‘संविधानका सबै अंग सिध्याएर एकमात्र निर्वाचित संस्था राष्ट्रपतिलाई धम्क्याउन र त्रसाउन खोजिरहेका छन्’ नेपालले भने, ‘राष्ट्रपति उनीहरुको धम्कीवाट त्रसिनु जरुरी छैन, नत्रसिए उनीहरु आफैं पुच्छर लुकाएर भाग्छन् ।’
आफू प्रधानमन्त्री भएका वेला पनि सत्ता कब्जा गर्ने योजनाका साथ तर्साउन खोजेको तर, आफू नत्रसे पछि एमाओवादी पुच्छर लुकाएर भागेको नेपालले वताए ।
नेपालले एमाओवादीलाई देशको उपद्रो सन्तान भएको बताए । ‘पहिले एमाओवादीले सेनामा कब्जा गर्न खोज्यो, त्यसपछि अदालत, संबैधानिक अंगहरुलाई निश्क्रिय बनाएयो,’ उनले भने, ‘राष्ट्रपतिलाई धम्क्याएर सत्ता कब्जा गर्न सकिन्छ भन्ने गलत विश्वासमा अझै एमाओवादी छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट

गोरखा । चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका ७५३ स्थानीय

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

आजको प्रमुख समाचार