इरानमा गैर सरकारी संस्थाहरुमाथिको प्रतिबन्ध हटाउने अमेरीकाको तयारी

६ भाद्र २०६९, बुधबार १४:२३ मा प्रकाशित

काठमाडौं, ६ भदौ । अमेरिकाले इरानका भुकम्पपीडितलाई सहयोग पुर्‍याउनका लागि भन्दै गैरसरकारी संस्थाहरुमाथिको प्रतिबन्ध केही समयका लागि हटाउने भएको छ । अमेरिकी–इरानी गैरसरकारी संस्थाहरुले भुकम्प पीडितहरुलाई सहयोगका लागि रकम पठाउन आवश्यक भएको भन्दै अमेरिकी सरकारलाई दबाब दिएपछि सरकारले छोटो समयका लागि प्रतिबन्ध हटाउने घोषणा गरेको हो ।
अमेरिकी अधिकारीहरुका अनुसार प्रतिबन्ध ४५ दिनका लागि हटाईएको छ भने दाताहरुले ३ लाख डलर भन्दा बढी रकम इरान पठाउन पाउने छैनन् । अमेरिकाले इरानमा मानवीय सहायताका लागि खाद्यान्न र औषधी मात्रै पठाउन पाउने तर पैसा पठाउन नपाउने गरी संघसंस्थाहरुमाथि प्रतिबन्ध लगाएको छ ।
इरानले परमाणु हतियार निर्माणका लागि आणविक कार्यक्रम सञ्चालन गरेको भन्दै दबाब स्वरुप इरान तथा ईरानसंग कारोबार गर्ने देश र संस्थाहरुमाथि प्रतिबन्ध लगाउँदै आएको छ । अमेरिकी प्रतिबन्धकै कारण कतिपय देश र संस्थाहरुले इरानलाई सहयोग गर्न पाएका छैनन् ।
इरानले आफुले भोगेको बिपत्ती प्रति विश्वसमुदायले निकै ढिलो चासो देखाएको भन्दै आलोचना गरेको छ । इरानमा मा हालै गएका दुई शक्तिशाली भुकम्पमा परी ६ गाउँ ध्वस्त हुँदा ३ सय जनाको ज्यान गएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले

यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा

एजेन्सी । अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरु तानिएका छन् । गत

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका