उपत्याकामा विशेष सुरक्षा योजना सुरु

६ भाद्र २०६९, बुधबार १४:१७ मा प्रकाशित

काठमाडौ, ६ भदौ । काठमाडौ उपत्यकाको सुरक्षा व्यवस्था बलियो बनाउन भन्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसरले हिजो साझबाट यो योजना लागू गरी काम सरु भगरेको छ । योजना लागू भएपछि मंगलवाररातीमात्रै विभिन्न ठाउँबाट ९२ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले बताए ।
विशेष सुरक्षा योजना अन्तर्गत गुण्डागर्दी, लुटपाट, चोरी डकैती र लागूऔषध नियन्त्रण, ठगी तथा कालोबजारी, उपभोग्य बस्तुको कृत्रिम अभाव लगायतमा केन्द्रित भई शंकास्पद व्यक्ति र ठाउँमा खानतलासी तथा छापा मार्ने काम भएको उनको भनाई थियो ।
यस्तै आपराधिक गतिविधि हुनसक्ने अति संवेदनशील ठाउँमा विशेष निगरानी राखी त्यस्ता काममा संलग्न र शंकास्पद व्यक्ति वा समूहलाई पक्राउ गरिनेछ । योजना एक महिना सम्म लागू हुनेछ । डिएसपी सिंहका अनुसार योजना सञ्चालनका लागि प्रहरी पोशाक सहितका २ हजार ४ सय ७० जना र २ सय जना सादा पोशाकका प्रहरी खटाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।