चितवनमा माछाको मुल्य तोकियो

६ भाद्र २०६९, बुधबार १४:१० मा प्रकाशित

 चितवन, ६ भदौं । चितवन जिल्लामा पहिलोपटक माछाको मूल्य तोकिएको छ । जिल्लामा माछोको उत्पादन बढ्दै गए पनि पसलै पिच्छे फरकफरक मूल्य राखेको गुनासो बढेपछि माछा व्यापारीहरुले सर्वसाधारणको सहजताका लागि भन्दै मूल्य तोकेका हुन् ।
यहाँ पहिलोपटक बनेको नेपाल मत्स्य व्यवसायी सङ्घले रहु र नैनी माछा प्रतिकिलो रु २०० तथा सिल्भर, बिगहेड र माँगुरको प्रतिकिलो रु १६० मूल्य तोकेको छ ।
यस्तै पंगासको पोखरीमा रु १८०  र जिउँदो माछा डेलिभरीसहित रु २०० मूल्य तोकिएको छ । यस्तै टिलपिया जातको माछाको रु १८० मूल्य तोकिएको सङ्घका अध्यक्ष जोगेन्द्र महतोले  बताए ।  यसअघि यहाँ माछाको व्यापार मनोमानी थियो ।
हाल नेपालमा दैनिक २० टन माछा खपत हुने गरेको छ ।  भारतीय माछा मात्रै ८३ प्रतिशत खपत हुने गरेको भन्दै त्यसलाई विस्थापित गर्न यसै वर्षबाट व्यवसायीले माछा व्यवसायी महासङ्घ स्थापना गरेका छन् ।
नेपालमा तराईका २१ जिल्ला र पहाडका केही जिल्लामा माछापालन हुँदैआएको छ । चितवन माछाको उर्वरभूमि रहेको व्यवसायीहरुले बताएका छन् । भारतीय माछाका कारण नेपालमा उत्पादित माछाको व्यापार सङ्कटमा परेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने अध्यक्ष महतोको भनाई छ । माछा व्यवसायी अम्बिका अधिकारीले सिजनमा भारतबाट १५ देखि २० ट्रक र अफ सिजनमा ३, ४ ट्रक माछा नेपाल भित्रिने गरेको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता