युरोपियन युनियनले अमेरिकनलाई लगाएको भ्रमण रोकको अवधि बढायो

१८ श्रावण २०७७, आईतवार ०१:३५ मा प्रकाशित

ब्रसेल्स । युरोपियन युनियनले अमेरिकनहरुलाई युरोप भ्रमणमा लगाएको रोक लम्बाएको छ । जुलाई महिनामामात्र अमेरिकनमाथि लगाइएको रोक बिहिबार दोश्रोपटक लम्बाइएको हो ।

युरोपियन युनियनले जुलाई १ मा १४ देशबाट आउनेहरुमाथिको रोक हटाएको थियो । जसमा क्यानडा, साउथ कोरिया, अष्ट्रेलिया लगायत रहेका थिए । बिहिबार गरेको पाक्षिक पुनरावलोकनका क्रममा अमेरिकामाथिको रोक कायमै राखिएको हो ।

अष्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मोरक्को, न्युजील्याण्ड, रुवाण्डा, साउथ कोरिया, थाइल्याण्ड, ट्युनिसिया, उरुग्वे र चीन लगायतका मुलुकबाट भने युरोपियन युनियनभित्रका मुलुकमा यात्रा गर्न सकिनेछ । युरोपियन युनियनले लगाएको रोक भने ब्रिटेनका सन्दर्भमा लागु हुँदैन, किनभने ब्रिट्रेनले युरोपियन युनियन छाडिसकेको छ ।

यतिबेला अमेरिकनहरुका लागि विश्वका ९ वटा देशहरुमात्र खुला रहेका छन् । अल्बानिया, डोमेनिकन रिपब्लिक, कोशोभो, माल्दिभ्स, मेक्सिको, नर्थ मेसेडोनिया, सर्विया, ट्युनिसिया र टर्कीको भ्रमणका लागि अमेरिकनहरुलाई रोक लगाइएको छैन ।

बर्बादोस, बेलिज, बर्मुडा, कम्बोडिया, क्रोएसिया, डोमिनिका, इक्वेडर, इजीप्ट, आयरल्याण्ड, जमैका, रुवाण्डा, तान्जानिया, युक्रेन, युएई, बेलायत लगायतका मुलुकमा भने सेल्फ आइसोलेसन वा कोरोना परीक्षण लगायतका मापदण्ड पूरा गरेर अमेरिकनहरु यात्रा गर्न सक्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९