नेहरु कपको १५ औ संस्करण आजदेखि सुरु

६ भाद्र २०६९, बुधबार १४:०५ मा प्रकाशित

काठमाडौं, ६ भदौ । नेहरु कप फुटबल प्रतियोगिताको १५ औं संस्करण आजदेखि भारतको नयाँ दिल्लीमा शुरु हुँदैछ । प्रतियोगिता पहिलोपल्ट जवाहरलाल नेहरु रंगशालामा हुन लागेको छ । बेलुकी सात बजेपछि हुने प्रतियोगिता अन्तर्गत पहिलो खेलमा दुई पल्टको बिजेता भारतले सिरियासंग प्रतिस्पर्धा गर्नेछ ।
भारत र सिरिया यसअघिका दुई प्रतियोगिताको फाईनलमा भिडेका थिए, दुवै पल्ट भारतले जितेको थियो । सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारत यसपल्ट पनि जित हात पार्दै उपाधीमा ह्याट्रिक गर्ने दाउमा छ ।
यसअघिका दुई वटा प्रतियोगितामा भारतसंगै हारेर उपविजेतामा चित्त बुझाउनुपरेको सिरिया आक्रामक हुन सक्ने भएकाले बुधवारको प्रतिस्पर्धा निकै रोमान्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगिता अन्तर्गत नेपालले बिहीबार मालदिभ्सको सामना गर्नेछ

प्रतिक्रिया
सम्बन्धित खवर

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९