सात किलो ग्राम चरेससहित दुई पक्राउ

६ भाद्र २०६९, बुधबार १३:३८ मा प्रकाशित

विरगञ्ज, ६ भदौ । पर्साको हरिहरपुर गाविसबाट प्रहरीले आज बिहान ७ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरीकार्यालय लंगडीबाट गएको प्रहरीको गस्ती टोलीले ना १२ प १५१० नम्वरको मोटरसाईलमा चरेस बोकी आउँदै गरेका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा निर्मलवस्ती गाविस वडा नम्वर ७ का इन्द्रबहादुर श्रेष्ठ र एकबहादुर श्रेष्ठ रहेका छन् । निर्मलवस्तीको बिजयवस्तीबाट चरेस बोकी धोवीनीतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।
उनीहरुबाट चार किलो तयारी अवस्थाको चरेस र बाँकी तीन किलो चरेसको धुलो बरामद गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ ।