“बोल्यो की पोल्यो हजूर”- राकेश कार्की

२ चैत्र २०६८, बिहीबार ११:३७ मा प्रकाशित

रमाएथ्यौं जब लाग्याथ्यो जुवातासमा डढेलो
छुवाछुत जातपात जाली बदमासमा डढेलो

खै क्षणिक खुशी कतिन्जेललाइ हुन्थ्यो र
छड्के हानी सल्कियो मिठो आशमा डढेलो

झिल्को राँको हुँदै जल्दै हुर्हुर अबुई कस्तरी
मेरो गाउँ तेरो गाउँ सप्पैको बासमा डढेलो

नबोल्दा सुख छैन बोल्यो की पोल्यो हजूर
धड्कन् देखि सल्किदै फेर्ने सासमा डढेलो

बाँचुन्जेल कसैको बरखी कसैको समवेदना
मारिदिएपछि देख्छु आफ्नै लाशमा डढेलो

कोही शहीद भए कोही त कुकुर जस्तै मरे
तिनैका लालाबालाको निल्ने गाँसमा डढेलो

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा