प्रधानमन्त्रीको नाम तय गर्न कांग्रेसमा दवाव

६ भाद्र २०६९, बुधबार १३:१५ मा प्रकाशित

काठमाडौ, ६ भदौ । नेपाली कांग्रेसलाई सहमतिय प्रधानमन्त्रीको उमेदवारको नाम तय गर्न सहयात्री दल नेकपा एमालेले ताकेता गरेको धेरै भयो । तर आन्तरिक झगडाका कारण कांग्रेसले उमेदवारको नाम तय गर्न सकेको छैन । पछिल्लो समयमा भने कांग्रेसमा आन्तरिक रुपमा पनि मुख्य तीन नेता बीचको विवाद अन्त्य गरेर प्रधानमन्त्रीको उमेदवारको नाम तोक्न दवाव परेको छ । आन्तरिक झगडामा अल्झेर १२ औं महाधिवेशन पछिको लामो समय बिताएको नेपाली कांग्रेसले हाल सम्म संगठन निर्माण तथा मुलुकको राजनीतिक अवस्थाका बारेमा कुनै ठोस दुई बर्ष बित्न लाग्दा समेत गर्न सकेको छैन । बिषेशगरि आन्तरिक विवादमा नै कांग्रेसले दुईबर्ष बितायो । संविधान सभाको चारबर्ष कार्यकालमा समेत कांग्रेसले स्पष्ट रुपमा पार्टीको नेतृत्वमा सरकार बनाउने तर्फ अगाडि आएन । संविधान सभाको समाप्तीपछि कांग्रेस नेतृत्वको सरकार गठनको आवाज चर्को भन्दै गएको छ । तर सहमतिय सरकारको कस्को नेतृत्वमा बनाउने भन्नेमा भने कांग्रेस अन्यौलमा रहेको छ । अहिले सभापति सुशील कोइराला बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलका बीचमा प्रधानमन्त्रीको उमेदवार को बन्ने भन्ने झगडा रहेको छ ।  तीन जना नेताहरु आपसमा मिल्न नसके पार्टीका दोश्रो तहका नेताहरु हस्तक्षेपकारी भुमिका खेल्ने तयारीमा रहेका छन । पछिल्लो केन्द्रीय समितिको बैठकमा दोश्रो तहका नेताहरु एकमुख लागेर पार्टीमा हस्तक्षेपकारी भुमिका खेल्ने चेतावनी दिए ।
पछिल्लो केन्द्रीय समितिको बैठकमा मुलुकको संकट समाधान लगायत राजनीतिक मुद्दा छलफल चलाउने सभापति सुशील कोइरालाको तयारी थियो । तर यो तयारीका बारेमा जानकारी पाएको देउवा समुहले आफु अनुकुल निर्णय हुने नदेखेर बिभाग गठनको बखेडा झिक्यो । अनि दुईबर्ष देखि देखिदै आएको किचलो फेरी सुरु भयो । संविधान सभाको चार बर्षे कार्यकाल समेत कांग्रेस नेताहरुले आफु बाहेक अर्को मान्छेलाई प्रधानमन्त्री बनाउने अभियानमा नजुटेको आरोप कार्यकर्ताले लगाउदै आएका छन । बरिष्ठ नेता शेरबहादुर देउवा आफैले सभापति कोइरालालाई असक्षक भएको आरोप लगाइसकेका छन ।
कांग्रेसमा नेतात्रय असफल भएको भन्दै पार्टीको केन्द्रीय समितिमा पहिलोपटक सदस्यहरुले आवाज उठाएका छन । यो अवस्थामा सभापति कोइराला बरिष्ठ नेता देउवा र उपसभापति पौडेल आपसमा मिल्नुको बिकल्प छैन । तीन जना नेता मिल्दा अझै पनि आम नेता कार्यकर्ताले स्विकार गर्नेछन । तर मिल्न नसक्दा भने पार्टी बाहिर मात्र हैन भित्रैपनि ठुलो चुनौती सामाना गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा