लोडसेडिङ घटाउन प्रधानमन्त्रीको निर्देशन

६ भाद्र २०६९, बुधबार १३:०६ मा प्रकाशित

काठमाडौ, ६ भदौ । आगामी हिउँदमा लोडसेडिङको समय घटाउन सरकारले भारतबाट दुई सय मेघावट विजुली किन्ने तयारी गरेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले लोडसेडिङको समय घटाउने विकल्प पेश गर्न निर्देशन दिएपछि उर्जामन्त्रालयका अधिकारीहरुले विजुली किन्ने प्रस्ताव गरेका हुन । भारतबाट विद्युत किन्नका लागि आवश्यक रकम उपलब्ध गराउन पनि प्रधानमन्त्रीले अर्थमन्त्रालयलाई निर्देशन दिनुभएको छ । वर्षाको बेलामा नै लोडसेडिङ बढेपछि बुधबार प्रधानमन्त्री भट्टराईले आफ्नै निवास बालुवाटारमा सरोकारवाला निकायका अधिकारीहरुलाई बोलाएर छलफल गर्नुभएको हो । भारतबाट निर्यात भइरहेको विजुलीमा ३५ मेघावाट कटौती हुनु र कुलेखानी जलासयमा पानीको मात्रा कम भएपछि लोडसेडिङको समय बढाउनु परेको उर्जा मन्त्रालयले जनाएको छ । आगामी हिउदमा दैनिक दशदेखि बाह्र घण्टा सम्ममा लोडसेडिङ झार्ने सरकारको योजना रहेको मन्त्रालयले दावी गरेको छ । नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको थियो । गत बर्ष भने लोडसेडिङको अवधि दैनिक १६ घण्टामा झरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार