सत्ता नछोडेसम्म सहमती हुन्न : सभापति कोइराला

६ भाद्र २०६९, बुधबार १३:०२ मा प्रकाशित

काठमाडौ, ६ भदौ ।  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले दलहरुबीच राष्ट्रिय सहमति बिना देशले निकास नपाउने बताउनुभएको छ । सहमति र सहकार्यबाट मात्र शान्ति र संविधान सम्भव भएको भन्दै कोइरालाले सहमतिको वातावरण निर्माण गर्न प्रधानमन्त्रीले कुर्शी छाड्नुपर्ने बताउनुभयो । प्रेस युनियन इलामले बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले १२ बुंदे सहमतिदेखि पाँच बुंदे सहमतिसम्मका कुनैपनि संम्झौता माओवादीले पालना नगरेकाले विश्वासको संकट आएको दावी गर्नुभयो । एमाले र एकीकृत नेकपा माओवादीले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेकाले अब पालो कांग्रेसको भएको उहाले बताउनुभयो । माओवादी सत्ता कब्जाको रणनीतिमा अघि बढेको दावी गर्दै कोइरालाले एकदलीय शासन नेपालमा सम्भव नभएको जीकिर गर्नुभयो । माओवादीले कांग्रेसलाई संघीयता विरोधी देखाउन खोजेपनि आफूहरु नै संघीयताको सच्चा अनुयायी भएको उहाले दावी गर्नुभयो । निकासका लागि राष्ट्रपतिलाई संविधान अनुसार कदम चाल्न अनुरोध गर्ने शान्तिपूर्ण आन्दोलनका माध्यमबाट सरकारलाई विस्थापित गर्ने र सहमतिका माध्यमबाट काग्रेस अघि बढ्ने सभापति कोइरालाको भनाइ थियो । माओवादी अध्यक्ष प्रचण्ड र आफुबीच कुनैपनि टकराव नभएको उहाले बताउनुभयो । यसअघि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति सुशील कोइरालाको असक्षमताका कारण सहमति जुट्न नसकेको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा

आजको प्रमुख समाचार