युएससीआईएसको कर्मचारीलाई बेतलवी विदा दिने योजना अगष्ट सम्मका लागि स्थगित

१३ श्रावण २०७७, मंगलवार ०९:२१ मा प्रकाशित

वाशिंगटन । अगस्त ३ देखि २० हजारमध्ये झण्डै १३ हजार कर्मचारीहरुलाई बेतलवी विदा दिने तयारीमा रहेको युएससीआईएस यो योजना अगस्त ३१ सम्म स्थगित गर्न सहमत भएको छ । बजेट अभाव भएको भन्दै युएससीआईएसले अगस्त ३ देखि आफ्ना अधिकांश कर्मचारीहरुलाई बेतलवी विदा दिने तयारी गरेको थियो ।

डेमोक्रेटिक सिनेटर पेट्रिक लेहीका अनुशार युएससीआईएसलाई कर्मचारीलाई विदा दिने योजना पछाडि सार्न भनिएकोमा युएससीआइएस सहमत भएको छ । युएससीआईएसका कार्यकारी निर्देशक जोसेफ एड्लोले कर्मचारीलाई दिन लागिएको बेतलवी विदा पछाडि सारिएको पुष्टी गरेका छन् ।
युएससीआईएसले संसद समक्ष १ दशमलव २ बिलियन डलरको माग गरेको छ । तर संसदबाट अहिलेसम्म उक्त बजेट पारित गरिसकिएको छैन ।

यसैबीच बजेटका मामलाका कारण युएससीआईएसमा ग्रिनकार्ड र अन्य कागजात जारी गर्नमा ब्याकलग उत्पन्न भएको युएससीआईएसको लोकपालले जारी गरेको अलर्टमा जनाइएको छ । जुन महिनामा युएससीआईएसको ग्रिनकार्ड, वर्क परमिट लगायतका कागजात प्रिन्ट गर्ने क्षमतामा भारीमात्रामा कमी आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९