यसरी गुम्छ मलेसियामा कामदारको आत्मविश्वास

६ भाद्र २०६९, बुधबार ०९:५५ मा प्रकाशित

काठमाडौं, ६ भदौ । सन्तुष्टिले विकासलाई पूर्ण विराम लगाउने भएकाले असन्तुष्टि भइरहनु पर्छ भन्ने मान्यता राखिन्छ, तर मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुले लगानीअनुसारको प्रतिफल पाउन नसकेको गुनासो गरेका छन् । मलेसियाको रोजगारीका लागि नेपाली कामदारहरुले ८० हजार देखि १ लाख ५० हजार रुपैयांसम्म तिर्नु परेको छ । यसरी गएका कामदारको सरदर कमाई ५ सय रिंगेट देखि १५ सय रिङगेटको हाराहारीमा छ । मलेसियामा सरदर ८ सय रिङगेट तलव थाप्ने गरेका छन् । अत्यन्तै छुच्चो भएर गुजारा चलाउदा पनि चार सय रिङगेट खर्च हुने गरेको छ । चार सयमध्ये सबैजसो नेपाली कामदारले मासिक एक सय रिङगेट अर्थात् २८ सय नेपाली घरमा आफन्तलाई फोन गर्दैमा सक्ने गरेका छन् । बाकी रहेको चारसय अर्थात् पुग नपुग ११ हजार रुपैया बचाउने गरेका छन् ।
सरकारले मलेसियाका लागि ८० हजार रुपैया लागत तोके पनि धेरैले १ लाख रुपैयां भन्दा बढी तिरेर गएका छन् । त्यसको व्याज नै महिनाको तीन हजारको हाराहारीमा तिर्नु पर्ने वाध्यताले कामदार सन्तुष्ट भएर काम गर्न नसकिरहेको धेरैको भनाई छ । यहां रहेका प्रायः सबै कामदार आफ्नो काम र तलबप्रति असन्तुष्ट देखिए । नेपालमा म्यानपावर कम्पनीहरुले ओभरटाइमलाई अधिकारकै रुपमा व्याख्या गर्ने गर्दछन् तर मलेसियामा भाग्यमानीले मात्र ओभरटाइम पाएका छन् । नेपाली दूतावास र मेनपावर कम्पनीमाथि कामदारहरुको मुख्य असन्तुष्टि देखियो । नेपालमा रहेका मेनपावर कम्पनीले एउटा कम्पनी भनेर अर्को कम्पनीमा पठाउने र बढी तलव देखाएर कम दिने गरेको आम प्रबृति नै देखियो । कम्पनी भनेर प्रलोभनमा पार्ने तर मलेसिया पुगेपछि कन्ट्रयाकमा हुलि दिने प्रबृतिले कामदारहरुले आत्मविश्वास गुमाउने गरेका छन् । मलेसियामा कार्यरतमध्ये अधिकांश कामदारहरु सिधै मेनपावरमा नगई एजेन्टमार्फत मेनपावर पुगेको बताउंछन् । धेरै मेनपावरले सरकारले मलेसियाको लागि तोकेको दर रेटभन्दा धेरै रकम उठाएको भेटियो । यसलाई रोक्न वैदेशिक रोजगार विभागले अन्तिम स्वीकृती दिंदा एकपटक कामदारलाई विभागमा उभ्याउन सके यो समस्या धेरै हदसम्म कम हुने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई