यसरी गुम्छ मलेसियामा कामदारको आत्मविश्वास

६ भाद्र २०६९, बुधबार ०९:५० मा प्रकाशित

मलेसिया, ६ भदौ । सन्तुष्टिले विकासलाई पूर्ण विराम लगाउने भएकाले असन्तुष्टि भइरहनु पर्छ भन्ने मान्यता राखिन्छ, तर मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुले लगानीअनुसारको प्रतिफल पाउन नसकेको गुनासो गरेका छन् । मलेसियाको रोजगारीका लागि नेपाली कामदारहरुले ८० हजार देखि १ लाख ५० हजार रुपैयांसम्म तिर्नु परेको छ । यसरी गएका कामदारको सरदर कमाई ५ सय रिंगेट देखि १५ सय रिङगेटको हाराहारीमा छ । मलेसियामा सरदर ८ सय रिङगेट तलव थाप्ने गरेका छन् । अत्यन्तै छुच्चो भएर गुजारा चलाउदा पनि चार सय रिङगेट खर्च हुने गरेको छ । चार सयमध्ये सबैजसो नेपाली कामदारले मासिक एक सय रिङगेट अर्थात् २८ सय नेपाली घरमा आफन्तलाई फोन गर्दैमा सक्ने गरेका छन् । बाकी रहेको चारसय अर्थात् पुग नपुग ११ हजार रुपैया बचाउने गरेका छन् ।
सरकारले मलेसियाका लागि ८० हजार रुपैया लागत तोके पनि धेरैले १ लाख रुपैयां भन्दा बढी तिरेर गएका छन् । त्यसको व्याज नै महिनाको तीन हजारको हाराहारीमा तिर्नु पर्ने वाध्यताले कामदार सन्तुष्ट भएर काम गर्न नसकिरहेको धेरैको भनाई छ । यहां रहेका प्रायः सबै कामदार आफ्नो काम र तलबप्रति असन्तुष्ट देखिए । नेपालमा म्यानपावर कम्पनीहरुले ओभरटाइमलाई अधिकारकै रुपमा व्याख्या गर्ने गर्दछन् तर मलेसियामा भाग्यमानीले मात्र ओभरटाइम पाएका छन् । नेपाली दूतावास र मेनपावर कम्पनीमाथि कामदारहरुको मुख्य असन्तुष्टि देखियो । नेपालमा रहेका मेनपावर कम्पनीले एउटा कम्पनी भनेर अर्को कम्पनीमा पठाउने र बढी तलव देखाएर कम दिने गरेको आम प्रबृति नै देखियो । कम्पनी भनेर प्रलोभनमा पार्ने तर मलेसिया पुगेपछि कन्ट्रयाकमा हुलि दिने प्रबृतिले कामदारहरुले आत्मविश्वास गुमाउने गरेका छन् । मलेसियामा कार्यरतमध्ये अधिकांश कामदारहरु सिधै मेनपावरमा नगई एजेन्टमार्फत मेनपावर पुगेको बताउंछन् । धेरै मेनपावरले सरकारले मलेसियाको लागि तोकेको दर रेटभन्दा धेरै रकम उठाएको भेटियो । यसलाई रोक्न वैदेशिक रोजगार विभागले अन्तिम स्वीकृती दिंदा एकपटक कामदारलाई विभागमा उभ्याउन सके यो समस्या धेरै हदसम्म कम हुने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी