चीनिया एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउँदै

विश्वभर अत्याधिक लोकप्रिय बनेको टिकटक चिनियाँ कम्पनी बाइट डान्सको उत्पादन हो । टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि भारतले गत साता मात्रै प्रतिबन्ध लगाएको थियो ।
११ श्रावण २०७७, आईतवार ०९:२४ मा प्रकाशित

वासिंटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले टिकटकसहित चीनिया एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।

सोमबार उनले छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सुचना सेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।

पोम्पिओले फक्स न्युजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै यस्तो बताएका हुन् । अमेरिकी सांसदहरुले यसअघि पनि टिकटकले प्रयोग गरेका युजर डाटालाई लिएर राष्ट्रिय सुरक्षा खतरामा रहेको भन्दै प्रश्न उठाएका थिए ।

विश्वभर अत्याधिक लोकप्रिय बनेको टिकटक चिनियाँ कम्पनी बाइट डान्सको उत्पादन हो । टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि भारतले गत साता मात्रै प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको अमेरिकाले स्वागत गरेको थियो । त्यसको एक सातामै अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ ।

काठमाडौं । दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा चार जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा गएराति उनीहरुको मृत्यु भएको