पोखरा बिमानस्थल ठप्प पारिने

६ भाद्र २०६९, बुधबार ०७:३९ मा प्रकाशित

काठमाडौं, ६ भदौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा तत्काल ठोस निर्णय गरी अघि बढ्न दबाब दिनका निम्ति भोली बिहीबार पोखरा विमानस्थल ठप्प पारिने भएको छ। विमानस्थल निर्माणका लागि संघर्षरत पोखरेलीलगायत व्यवसायीले बिहीबार काठमाडौंःपोखरा रुटका सबै हवाई उडान अवरुद्ध गर्ने भएका छन्। क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिको संघर्षका कार्यक्रमअन्तर्गत आज बुधबार सबै हवाई कम्पनीका टिकटको बिक्री पनि बन्द गरिने बताइएको छ। यसमा हवाई कम्पनीका संस्थाहरुले समेत साथ दिएको संघर्ष समितिको दाबी छ।
नेपाल हवाई संघले पोखरेलीको मागप्रति ऐक्यवद्वता जनाउँदै संघर्षका कार्यक्रमप्रति समर्थन जनाएको हो। काठमाडौःपोखरा रुटमा हाल बुद्ध यति र गुण एयरलाइन्सले नियमति उडान गर्दै आएका छन्। यस्तै तारा र अग्नी एयरले पोखराःजोमसोम रुटमा दैनिक उडान भर्छन्।
सरोकार समितिकै आव्हानमा हिजो मंगलबार पोखरेली पर्यटन व्यवसायी, उद्योगी, व्यापारी, नागरिक समाज, पेशाकर्मी लगायत हजारौंले राजधानी आएर विमानस्थलको माग गर्दै धर्ना र प्रदर्शन गरेका थिए। पोखरामै संघर्षका विभिन्न कार्यक्रम गर्दै आएका उनीहरु चारदशक लामो प्रतिक्षापछि बन्न लागेको आयोजना पनि सरकारको अनिर्णयका कारण गुम्ने सम्भावना देखेपछि दबाबका लागि राजधानी आएका हुन्। नाटाका महासचिव अच्युत गुरागाईंले बिहीबार हुने उडानका पोखरा रुटका सम्पूर्ण हवाई टिकट बिक्रीमा बुधबार रोक लगाउने जानकारी दिए। उनले आगामी १५ दिनभित्र माग पुरा नभए हालको पोखरा विमानस्थल पनि अनिश्चितकालिन बन्द गरिदिने चेतवानी दिएका छन्।
चीनको एक्जिम बैंकको १८ करोड ५० लाख डर सहुलियत ऋणबाट बन्न लागेको उक्त विमानस्थलका लागि तीन कम्पनीको टेन्डर परे पनि सरकारले अहिलेसम्म कुनै पनि स्वीकृत गरेको छैन। गत असार ६ गतेभित्रै ठेकेदारसँग सम्झौता गर्नुपर्नेमा अहिलेसम्म सरकार मौन बसेपछि पोखरेली र सिंगो पश्चिमाञ्चलबासी संघर्षमा उत्रिएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले १० वटा नगरपालिका र गाउँपालिकामा अधिवेशन सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन