एसडी मुनीलाई बुद्धिजीविहरुको चेतावनी

६ भाद्र २०६९, बुधबार ०७:२१ मा प्रकाशित

काठमाडौं, ६ भदौ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र त्यसको सुदृढीकरणका निम्ति ‘सर्वाधिक महत्वपूर्ण’ भूमिका निर्वाह गर्ने एसडी मुनीले नेपाली सञ्चारमाध्यमहरूले आफ्नो कुरा बङ्ग्याएको भन्दै नेपाली सञ्चारमाध्यम तथा यहांका बुद्धिजीवीहरूलाई गाली गरेका छन् । गालीका निम्ति उनले प्रयोग गरेको शब्द छ, ‘रब्बिस’ जसको अर्थ हुन्छ, कुंडाकर्कट, तुच्छ या मल । बुद्धिजीवीहरूबीच सूचना र विचार आदानप्रदान हुने सामाजिक सञ्जाल याहु ग्रुपमार्फत हाल सिंगापुर बसिरहेका भारतका प्राध्यापक सुखदेव मुनी अर्थात् एसडी मुनीले नेपाली बुद्धिजीवीहरूले आफ्नो कुरै नबुझेको भन्दै आफ्नो लेखको अनुवादसमेत गलत अर्थ लाग्ने गरी गरेको आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘रब्बिस, आई रिपिट रब्बिीस…।’ ‘नेपाल इन ट्रान्जिसन : फ्रम पिपुल टु फ्रेजाइल पिस’ भन्ने उनको चर्चित लेखको नेपाली अनुवाद गलत अर्थ लाग्ने प्रकारको भएको भन्दै त्यो अनुवाद राजनीतिक पूर्वाग्रही भएको उल्लेख गरेपछि हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले एसडी मुनीको उक्त कुराको सप्रमाण खण्डन गरेका छन् । उक्त लेखको नेपाली अनुवाद हिमाल खबर पत्रिकामा प्रकाशित भएको थियो । लेखको प्रत्येक प्याराग्राफ र त्यसको जस्ताको तस्तै नेपाली अनुवाद किरणले पोष्ट गरेपछि मुनीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, उनलाई नेपाली बुद्धिजीवीहरूले भने अनेक प्रश्न र व्यङ्ग्य मात्र गरेका छैनन् अरूको आन्तरिक मामिलामा अनावश्यक कुरा गर्दै नहिंड्न चेतावनीसमेत दिइएको छ ।
‘तिम्रो मानसिकस्तरले तिम्रा विद्यार्थीप्रति सहानुभूति जाग्यो… राजा त्रिभुवनका बारेमा काठमाडौंमा तिमीले जे बोल्यौ, के त्यो सही थियो ? के प्रमाण छ तिमीसंग ? हाम्रा केही नेता तिमीसंग डराउंछन् भन्दैमा सबै नेपालीलाई एउटै दृष्टिकोणले नहेर…’ यसप्रकारका थुप्रै कुरा उक्त सामाजिक सञ्जालमार्फत बुद्धिजीवीहरूले व्यक्त गरेका छन् । इटालीमा बसोबास गरिरहेका डा. कौशल तिवारीदेखि लिएर विजयमान शेरचन, अरुणध्वज अधिकारी, सङ्गीता थापा, रामेश्वर शाह, डा. दीपक भट्टराई, बुद्धिनारायण श्रेष्ठ, राजेन्द्र अर्याल, सूर्यनाथ उपाध्यायलगायत धेरैले एसडी मुनीलाई प्रमाणबिना नबोल्न र नेपालीहरू केही बुझ्दैनन् जस्तो व्यवहार नगर्न भनेका छन् । कसैले भनेका छन्, तिमी माओवादीको ‘गडफादर’ र प्रवक्ता हुन सक्छौ तर हाम्रो देशको इतिहासमाथि प्रश्न उठाउने अधिकार तिमीलाई छैन । विजयमान शेरचनको भनाइ छ, तिमीले राजा त्रिभुवनबारे जे बोल्यौ त्यसको प्रमाण दिन सक्छौ ? हामी नेपाली सहनशील छौं, सार्वभौमकिताका सवालमा समेत एसडी मुनीलाई हामीले सह्यौं तर कुनै पनि कुराको सीमितता हुन्छ त्यो परिधि पार भयो भने शायद राम्रो हुने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री