एमालेभित्रका जनजातिमा पनि मतभेद

६ भाद्र २०६९, बुधबार ०७:१४ मा प्रकाशित

काठमाडौं, ६ भदौ । एमालेका असन्तुष्ट जनजाति नेताहरू अहिले दोधारमा परेका छन् । उनीहरू पुरानै पार्टी अर्थात् एमालेमा फर्कने या नयां पार्टीमा जाने भनी दोधारमा परेका हुन् । एमालेसम्बद्ध केही जनजाति नेताहरूले प्रस्तुत गरेको नौबुंदे मागका विषयमा पार्टीको धारणा अघि सारेर पूर्ववत् जिम्मेवारीमा फर्कन समयसीमासहित असन्तुष्ट नेताहरूलाई आग्रह गरेपछि एमालेका असन्तुष्ट जनजाति नेताहरू दोधारमा परेको बताइन्छ । यही कारणले उनीहरूभित्रै मतभेदसमेत उत्पन्न भएको एक जनजाति नेताले बताए ।
एमालेका असन्तुष्ट जनजाति नेताहरूले एकल पहिचानका प्रदेश निर्माण गरी राज्य पुनर्संरचनाका पक्षमा उभिन र राजनीतिक गतिरोधको निकासका रूपमा संविधानसभा पुनस्र्थापनालाई स्वीकार गर्नुपर्नेसहित नौबुंदे मागपत्र उपाध्यक्ष अशोक राईले पार्टी नेतृत्वलाई बुझाएका थिए । पार्टीले त्यही मुद्दाको सम्बोधन गर्दै समयसीमासहित पार्टीमा आउन आग्रह गरेपछि उनीहरूबीच मतभेद देखिएको हो । असन्तुष्ट जनजाति नेताहरूले पार्टीले आफ्ना मुद्दाहरूको सम्बोधन गर्नुको सट्टा झन् कडा रवैया अपनाएको आरोप लगाएका छन् । स्रँेतका अनुसार पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा र केन्द्रीय सदस्य दलबहादुर रानालगायत नेताहरू पार्टीले आफ्ना मुद्दाबारे दृष्टिकोण सार्वजनिक गरे पार्टीभित्रै अन्तरसङ्घर्ष गरेर विषयहरूलाई टुङ्ग्याउंदै जाने पक्षमा देखिएका छन् । उपाध्यक्ष अशोक राईले पनि नौबुंदे मागका विषयमा पार्टीको धारणा सकारात्मक आए सोच्न सकिने बताएका छन् । तर, केही नेताहरूले समयसीमा दिएर पूर्ववत् जिम्मेवारीमा फर्कन गरेको आह्वानलाई तेस्रो चरणको कारबाहीका रूपमा अथ्र्याएका छन् ।
स्रोतका अनुसार पोलिटब्युरो सदस्यद्वय गुरुङ र झा, केन्द्रीय सदस्य किरण गुरुङ, दलबहादुर राना, वीरबहादुर लामा पार्टीभित्रै वैचारिक सङ्घर्ष चलाएर बस्नुपर्ने पक्षमा देखिएका छन् भने पोलिटब्युरोका वैकल्पिक सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, अजम्बर राई काङमाङ पार्टीमा फर्कने सम्भावना कम भएको निष्कर्षमा छन् । ‘पार्टी नेतृत्व कसरी आउंछ हेर्छाैं, नौबुंदे मुद्दाका विषयमा सकारात्मक दृष्टिकोण आए सोच्न सकिन्छ,’ उपाध्यक्ष राईले भने, ‘अहिलेसम्म केही आएको छैन, औपचारिक रूपमा पार्टी दृष्टिकोण आएपछि कुरा गरौंला ।’
‘पार्टीले हाम्रँे मागका विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गरोस् न हामीलाई किन एमाले छोड्नुप¥यो ?’ पोलिटब्युरो सदस्य रामचन्द्र झाले भने, ‘कतिपय कुरा अहिले नै सम्बोधन होलान्, कतिपय कुरा काम गर्दै जांदा मिल्दै जान्छन् ।’ पार्टीबाट अलग भएर नयां शक्ति निर्माणमा जोड दिने असन्तुष्ट नेताहरूले भने पार्टीले पछिल्लोपटक गरेको आह्वान पार्टी झन् पछाडि फर्कने सङ्केतका रूपमा अथ्र्याएका छन् । ‘यो झन् पछाडि फर्कने निर्णय हो,’ केन्द्रीय सदस्य रकम चेम्जोङले भने, ‘मुद्दाका विषयमा झुकेर टाङमुनि छिराउन हामीमाथि तेस्रोपटक कारबाही गरिएको रूपमा बुझेका छौं ।’ एमालेका जनजाति समूहभित्र मुद्दामा असहमति नभए पनि पार्टीभित्रै रहेर सङ्घर्ष गर्ने वा नयां शक्ति निर्माण गर्ने भन्नेमा केही मतभेद रहेको केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले बताए । ‘हामीले उठाएका मुद्दामा मतभेद छैन, केही साथीहरू पार्टी अन्तरसङ्घर्षले ठीक ठाउंमा आउंछ भन्ने विश्वास गर्नुहुन्छ,’ श्रेष्ठले भने, ‘तर, हामीलाई अन्तरसङ्घर्षबाट पार्टी ठीक ठाउंमा आउंछ भन्ने विश्वास छैन ।’ श्रेष्ठले नौबुंदे मागको मुख्य विषय संविधानसभाको पुनस्र्थापनामा जोड दिने र सङ्घीयताका विवादित विषय टुङ्ग्याएर संविधान जारी गर्ने रहेकोले त्यसमा एमाले फर्किए मात्र आफूहरू एमालेमा रहने बताए । ‘संविधानसभा पुनस्र्थापना गरी संविधान जारी गर्ने लाइनमा एमाले गए अरू मुद्दा मिल्न सक्छन्,’ उनले भने, ‘अरू सबै कुरा छोडेर पुच्छरमा हात लगाउने कुरा हामी मान्न सक्दैनौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका