ओलम्पिक कमिटीविरुद्ध अविश्वास प्रस्ताव

६ भाद्र २०६९, बुधबार ०७:०५ मा प्रकाशित

काठमाडौं, ६ भदौ । ओलम्पिक कमिटीको विवादलाई सदाका लागि समाप्त पार्न राष्ट्रिय खेलकुद परिषद्ले आज बुधबार एक विशेष गोष्ठीको आयोजना गर्दै छ । धुलिखेलस्थित लज रिसोर्टमा आयोजना हुने उक्त गोष्ठीमा ३४ वटा ओलम्पिक सङ्घहरूलाई अनिवार्य उपस्थितिका लागि राखेपले ह्विप जारी गरेको छ । जसमा प्रत्येक सङ्घका चारजना पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षलाई निमन्त्रणा गरिएको छ । सो गोष्ठीमा युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूको पनि उपस्थिति रहनेछ ।
खेलकुदमा सुशासन कायम गर्न गोष्ठीको आयोजना गरिएको बुझिएपछि सो गोष्ठीमार्फत राखेपले एक तीरले दुई निशाना साध्ने प्रस्ट देखिएको छ । खेलकुदमा मौलाउंदै गएको भ्रष्टाचार, अनुशासनहीनता र ओलम्पिक विवादको मुद्दामै गोष्ठी केन्द्रित रहने सूत्रले बताएको छ । सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मान्यताका कारणले कानुनी अड्चन पैदा भएपछि ओलम्पिक कमिटी विवादको निकास निकाल्न राखेपले सङ्घको कांधमा बन्दुक राखेको हो । सम्पूर्ण खेलकुदका सङ्घहरू राखेपअन्तर्गत भएका र राखेपको निर्देशनबिना कुनै कदम उठाउन नसक्ने हुंदा सङ्घहरूका लागि यो गोष्ठी अग्निपरीक्षाजस्तै भएको छ ।
ओलम्पिक विवादलाई समाधान गर्न सङ्घहरूको महत्वपूर्ण भूमिका हुने हुंदा राखेपले उनीहरूबाट सहयोगको अपेक्षा राख्दै गोष्ठीको आयोजना गरेको बुझिएको छ । सङ्घहरूलाई आफ्नो कित्तामा पारेपछि ओलम्पिक कमिटीबाट राजीनामा गराउने र त्यसपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा राखेप रहेको छ । अब राखेपलाई सङ्घहरूले साथ दिन्छन् या दिंदैनन् त्यो कुरा प्रस्ट नभए पनि राखेपले आफ्नो रणनीति भने प्रस्ट पारेको छ । राखेपलाई साथ नदिने सङ्घहरूलाई हदैसम्मको कारबाही अर्थात् दर्ता खारेजसम्म गर्ने सूत्रले दाबी गरेको छ । यसरी सङ्घहरूका लागि निकै चुनौतीपूर्ण बन्ने यो गोष्ठीमा उनीहरू कसरी प्रस्तुत हुन्छन् र कस्तो कदम उठाउंछन् त्यो प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा

काठमाडौं । १-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ ।

आजको प्रमुख समाचार