डाका कार्यक्रमका लागि नयाँ आवेदन स्वीकार गर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

६ श्रावण २०७७, मंगलवार १४:१५ मा प्रकाशित

मेरिल्याण्ड । बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम अन्त्य गर्नबाट सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई रोक लगाएपनि ट्रम्प प्रशासनले नयाँ आवेदनहरु नलिएको अवस्थामा संघीय न्यायाधिसले आवेदनहरु स्वीकार गर्न ट्रम्प प्रशासनलाई आदेश दिएका छन् । शुक्रबार न्यायाधिसले दिएको उक्त आदेशपछि अब ट्रम्प प्रशासनले डाकाका नयाँ आवेदनहरु स्वीकार गर्नुपर्ने भएको छ ।

यसअगाडि सर्वोच्च अदालतले डाका कार्यक्रम अन्त्य गर्नबाट ट्रम्प प्रशासनलाई रोक लगाएको थियो । ट्रम्प प्रशासनले कार्यक्रम अन्त्यका लागि गतिलो तरिकाले पुष्टी गर्न नसकेको भन्दै सर्वोच्चले कार्यक्रम अन्त्यमा रोक लगाएको थियो । अमेरिकामा केही दर्जन नेपालीहरुसहित झण्डै ८ लाख आप्रवासीहरुलाई डाकाले समेटेको छ ।

शुक्रबार मेरिल्याण्डको डिस्ट्रिक्ट कोर्टका न्यायाधिस पल ग्रिमले डाका कार्यक्रम २०१७ को सेप्टेम्बर ५ भन्दा अगाडिकै अवस्थामा पुनस्थापित गर्न आदेश दिएका हुन् । यो आदेशपछि दशौं हजार योग्यहरुले डाका कार्यक्रमका लागि आवेदन दिन सक्नेभएका छन् । तर युएससीआईएसले भने अहिलेसम्म यसबारे केही बताएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९