एटीएमलाई अर्को झड्का

५ भाद्र २०६९, मंगलवार २२:३७ मा प्रकाशित

समग्र नेपाली चलचित्र उद्योगको बेइज्जत हुने गरी निर्माण गरिएको चलचित्र एटीएम यतिबेला जनस्तरबाट मात्र बहिष्कारमा परेको छैन कि सरकारीस्तरबाट पनि यो चलचित्र सेन्सरमा पर्न पुग्यो ।

समाजमा टाउको नै लुकाएर हिंड्नुपर्ने अवस्था आउंदासम्म पनि यो चलचित्रलाई रिलिज गर्छु भनेर गफ दिंदै हिंड्ने यसका निर्माता दिनेश थापा र निर्देशक यादव सिलवालको सिनेमा रिलिज गर्ने दाउ तुहिन पुग्यो । करिब दुई घन्टा समय खिचिएको एटीएममा यति भद्दा, खराब, घृणित र अश्लील दृश्यहरू थिए कि सेन्सर गर्दा सञ्चार मन्त्रालयले त्यस्ता दृश्यहरू हटाउन निर्देशन दिंदा दुई घन्टाको एटीएम जम्माजन्मी बीस सिनेटमा झरेको थियो । चलचित्र सेन्सर बोर्डका सदस्यहरूले त एटीएमका निर्माता–निर्देशकलाई यसो पनि भनिदिए, ‘अब यो चलचित्र सिनेमाहलमा होइन कि सर्ट फिल्म महोत्सवमा लगे हुन्छ ।’ यो शब्दले एकछिन माहौल नै हांसोमय भएको थियो ।

यस्तो फिल्म बनाएर लाखौं कमाउने निर्माता दिनेश थापाको सपनामा तुषारापात मात्र भएको छैन कि झापाकी जानकी अर्थात् जिया केसीको क्यारियर पनि बिग्रन पुगेको छ । यिनलाई राम्रो भूमिका दिने योजनामा रहेका निर्माता–निर्देशकहरू अहिले झसङ्ग भएका छन् । ‘धन्य बचिएछ । के सोचिएको थियो यिनी त के पो निस्किन्..’ उनीहरूको भनाइ छ ।
एटीएमबाट बद्नाम भएकै कारण जियाले अभिनय गरेका अन्य चलचित्रका निर्माताहरू पनि चलचित्र रिलिज गर्न सकिरहेका छैनन् । निर्माता निर्मल सेन्चुरी र निर्देशक दीपक श्रेष्ठले जियालाई पब्लिसिटीबाट हटाएका छन् भने स्टिकर, पोस्टर वा सिनेमाको क्लिपमा जियाको कुनै पनि दृश्य नराख्ने निर्णयमा पुगेका छन् उनीहरू ।
उता एटीएमकै अर्की अनुहार सोनिया शर्माको फिल्मी क्यारियर पनि फुल्न नपाउंदै ओइलाउन पुगेको छ । उनमा त दृश्य मात्र होइन मिडियामा अन्तर्वार्ता दिंदा पनि भल्गर बोल्दा हिट भइन्छ भन्ने भ्रम छ । यस्तो भ्रमबाट मुक्त हुन उनलाई सुझाव छ । नायिकाहरूको अभाव भइरहेको समयमा केही यस्ता नयांहरूको आगमनले राम्रो सम्भावना बढाएको अवस्थामा यिनीहरूको गलत सोच अनि उपस्थितिले गर्दा नयांप्रति विश्वास नै हुन छोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो