नयां सुरक्षा रणनीति सार्वजनिक, काठमाडौंमा सुरक्षा व्यवस्था कडा

५ भाद्र २०६९, मंगलवार २२:३० मा प्रकाशित

काठमाडौं, ५ भदौ । राजधानीमा आपराधिक घटनामा लगातार वृद्धि हुंदै गएका कारण चिन्तित बनेको प्रहरी प्रशासनले विशेष सुरक्षा परिचालन योजना कार्यान्वयनमा ल्याएको छ। ५ गते मंगलबार बेलुका पाँच बजेबाट कार्यान्वयनमा आएको रणनीतिअन्तर्गत रात्रिकालीन आपराधिक घटना घटाउन महानगरीय प्रहरी परिसर काठमाडौंले अल्पकालीन र दिर्घकालीन गरी दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालित गरिने जनाएको छ ।
काठमाडौंबासीमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन र प्रभावकारी प्रहरी परिचालनमार्फत आपराधिक घटना नियन्त्रण गर्न विशेष रणनीति कार्यान्वयनमा ल्याइएको बताइएको छ । काठमाडौं परिसरले यसअघि बस्ती सुरक्षा समूह गठन र कर्डन र सर्च अभियान ल्याएको थियो।

सीमित जनशक्ति र स्रोतको अधिकतम परिचालन, चुस्त खबर संकलनमार्फत आपराधिक स्रोत पहिचान, अपराधी पक्राउको प्रभावकारिता बढाउन र प्रहरी नागरिक समन्वय बलियो बनाउन विशेष योजना सफल हुने सुरक्षा अधिकारीहरुको कथन छ ।

अधिकतम प्रहरी परिचालनको लक्ष्य राखिएको रणनीति मंगलबार बेलुका पाँच बजेबाटै कार्यान्वयनमा आएको एसएसपी जयबहादुर चन्दले बताए। नागरिकलाई गर्ने व्यवहार भद्र र शिष्ट हुनैपर्ने निर्देशन दिइसकेको बताउँदै उनले रणनीति सार्वजनिक कार्यक्रममा यदि कसैले दुर्व्यवहार गरे सख्त कारबाही गर्ने चेतावनी दिए। ुबेलुका आठ बजेदेखि १२ बजेसम्म विशेष परिचालन गर्नेछौं,ु एसएसपी चन्दले भने, ुआम नागरिकले अनावश्यक झन्झट नहोस् भन्नेमा विशेष सतर्कता अपनाएका छौं।ु

रिङरोडबाहिर केन्द्रित सुरक्षा
सार्वजनिक रणनीति अनुसार काठमाडौंलाई पूर्व, पूर्व ए, उत्तर, पश्चिम, दक्षिण र विशेष सेक्टर गरी ६ भागमा विभाजन गरिएको छ। रणनीति अन्तर्गत एम्बुसिङ, घेराउ र खोजी, लामो दुरीको पेट्रोलिङ, पक्राउ र मोबाइल टोली परिचालन हुनेछन्।

रणनीति अनुसार कर्डन एन्ड सर्चमा रिङरोड बाहिर संवेदनशील इलाकाहरू छनोट गरी दैनिक जाँच गरिनेछ। राति १२ बजेदेखि बिहान चार बजेसम्म पाँच वटा एम्बुसिङ टोली परिचालन हुनेछन्। ुएम्बुसमा खटिने टोलीसँग आवश्यक गोलीसहितको सानो र ठूलो हतियार रहनेछ,ु रणनीतिमा छ, ुहत्कडी, टर्चलाइट र लाठीसमेत बोक्नुपर्नेछ।ु

प्रत्येक रात १२ बजेदेखि बिहान चारसम्म ६ वटा प्रहरी युनिटले रिङरोडबाहिरको ५१ स्थानमा लामो दुरीको पेट्रोलिङ गर्नेछन्। प्रत्येक टोलीमा सात जना रहने र उनीहरूसँग सानो र ठूलो हतियारसमेत हुने रणनीतिमा उल्लेख छ। रणनीतिमा लामो दुरीको पेट्रोलिङ, एम्बुसिङ र गस्ती हिँडेका प्रहरीलाई १२ बजेपछि शंकास्पद रूपमा हिँडिरहेका व्यक्ति, पुराना अपराधी, जेलबाट रिहा व्यक्ति र पटके अपराधीलाई पक्राउ गर्ने अधिकार दिइएको छ।
राति १२ देखि बिहान पाँच बजेसम्म प्रहरी निरीक्षकको कमान्डमा ७र७ जनाको मोबाइल टोली खटाइएको छ। रणनीति अनुसार काठमाडौंको कोर क्षेत्रमा पहिलो सिफ्ट बेलुका १२ बजेसम्म सम्बन्धित प्रहरी युनिटका प्रमुखले गस्ती गरी त्यसपछिको समयमा उनका सहायक खटाउनेछन्। सो टोलीको लक्ष्य रातमा हुने आपराधिक गतिविधि निस्तेज पार्ने रहेको एसएसपी चन्दले बताए।
एसएसपी चन्दले गुन्डागर्दी नियन्त्रणका लागि सूचना संकलन र विश्लेषण, अभिलेखीकरण, नयाँ गुन्डा र स्थानको पहिचान र पक्राउलाई प्राथमिकता दिएको बताए। हातहतियार नियन्त्रणका लागि समेत सोही रणनीति बनाइएको छ।
चोरी, लुटपाट, डकैती, लागुऔषध नियन्त्रण, सामाजिक अपराध, जुवा, देहव्यापार, ढुकुटी नियन्त्रण, अवैध मदिरा र कालोबजारी नियन्त्रणसम्म सुरक्षा योजना अन्तर्गतको रणनीतिभित्र परेको चन्दले बताए।
दिर्घकालीन रणनीतिमा अपराध नियन्त्रणमा स्थानीयको सहभागिता बढाउन बस्ती भेटघाट, बस्ती सुरक्षा समूह गठन, स्थानीयसँग अन्तर्क्रिया, घर भाडामा बस्ने, मुद्दाको विवरण, ढुकुटी खेल्नेरखेलाउने र सामाजिक अपराधको अभिलेख तयार पारिने एसएसपी चन्दले बताए। मंगलबारबाटै सम्बन्धित क्षेत्रको प्रहरी युनिट प्रमुखले आफ्नो क्षेत्र घुमेर चोरीडकैती हुनसक्ने घरको अभिलेख तयार पार्ने, स्थानीय समुदायलाई सिसिटिभी र सामुदायिक साइरन राख्न प्रेरित गर्नुपर्ने सुरक्षा रणनीतिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही