फेरि सुरु गरे सिटौलाले धन्दा

५ भाद्र २०६९, मंगलवार २१:५६ मा प्रकाशित

काठमाडौं, ५ भदौ । काङ्गे्रस महामन्त्रीको जिम्मेवारीसमेत पाएका झापाका कृष्ण सिटौलाले मंगलबार बिहान उज्यालो नहुंदै प्रचण्डको लाजिम्पाटस्थित घरमा पुगी गुप्त भेटवार्ता गरेका छन् । काङ्गे्रस र माओवादीबीचको सम्बन्ध गत जेठमा थप चिसिएपछिका दिनमा सिटौलाले बाहिर माओवादीको आलोचना गर्ने गरे पनि भित्री रूपमा भने उनले प्रचण्ड–बाबुरामसंगको सम्बन्धलाई कायम राखेका छन् र गुप्त रूपमा निरन्तर भेटघाट गर्ने गरेका छन् । सिटौलाले प्रचण्डसंग बिहान सबेरै र प्रधानमन्त्री बाबुरामसंग राति बालुवाटार पुगेर भेट गर्ने गरेका छन् ।
२०६३ मा राजनीतिक परिवर्तन भएयता काङ्गे्रसको आवरणमा रहेर माओवादीको सेवा गर्दै आएका सिटौलाले गत वैशाखमा काङ्गे्रस, एमाले र वैद्य नेतृत्वको माओवादीलगायतका दलहरू मिलेर प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लाग्दा त्यसमा निर्णायक भांजो हालेका थिए । प्रचण्ड–बाबुरामहरू आफ्नो सरकारलाई जसरी भए पनि जेठ १४ को समयसीमा कटाउन चाहन्थे, सिटौलाले उनीहरूको त्यही आकाङ्क्षा पूरा गर्न सहयोग पु¥याएका थिए । ज्ञातव्य छ, त्यसबेला अविश्वास प्रस्ताव दर्ता हुन सकेको भए बाबुराम सरकार ढल्ने निश्चित थियो, अहिले सरकार बदल्न पनि काङ्गे्रसले ठूलै सङ्घर्ष गर्नुपर्ने अवस्था छ ।

मंगलबार बिहान झापाका सिटौलाले प्रचण्डसंग सहमतिका लागि पुनः संवादको प्रक्रिया सुरु गर्न आग्रह गरेको बुझिएको छ । पहिले पनि सिटौलाले काङ्गे्रस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन झांसा दिंदै प्रचण्डसंग गुप्त भेटघाट गर्ने गरेका थिए । उनकै कारण काङ्गे्रस र प्रजातन्त्रले अहिले महासङ्कटको सामना गर्नु परिरहेको छ । अबका गुप्त भेटवार्ताले काङ्गे्रसलाई कहां पुरयाउने हो त्रास बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार