यस्तो छ एमाओवादीको रणनीति

५ भाद्र २०६९, मंगलवार २१:४९ मा प्रकाशित

काठमाडौं, ५ भदौ । जातिवादी र क्षेत्रीयतावादीसंगको गठबन्धन घोषणा गरेपश्चात् प्रचण्ड–बाबुरामले आफूहरू एकाएक बलियो भएको महसुस गरेका छन् । त्यसैले उनीहरू सकेसम्म सरकार छोड्दै नछोड्ने, छोड्नै परे पनि काङ्गे्रस–एमालेलाई चाहिं कुनै पनि हालतमा सरकारको नेतृत्व नदिने निष्कर्षमा पुगका छन् । जसरी भए पनि वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिन भरमग्दुर प्रयास गर्ने र कदाचित सत्ता छोड्नैपर्ने अवस्था आएमा कुनै स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नेगरी सहमतिमा जाने रणनीतिमा प्रचण्ड–बाबुराम रहेका छन् ।
प्रचण्ड–बाबुरामले अहिले प्याकेजमा सहमति भए सरकार छोड्ने बताउन थालेका छन् । प्याकेजमा भन्नाले सरकार गठनसंगै संविधानका विवादित मुद्दाहरूमा समेत सहमति बन्नुपर्ने उनीहरूको भनाइ छ । जब कि विगत चार वर्षमा नसल्टिएको संविधानका विवादित विषयहरूमा तत्काल सहमति बन्न सक्ने सम्भावना छैन । बरु विवाद अरू गहिरिएर गएको छ । संविधानका विषयमा अहिले नै सहमति बनाएर संविधानसभाको चुनावमा जाने भन्ने कुरा आफैंमा हास्यास्पद र उटपट्याङपूर्ण छ । भविष्यमा गठन हुने संविधानसभाको अधिकार अहिले नै अपहरण गर्ने भन्नु राजनीतिक, नैतिक र कानुनी कुनै पनि दृष्टिले वाञ्छनीय देखिंदैन । तर, प्रचण्ड–बाबुरामहरू भविष्यमा गठन हुने भनिएको संविधानसभाको अधिकारसमेत अहिले नै खोस्न चाहन्छन् या फेरि पनि उनीहरू संविधानसभालाई आफूहरूको लाचारछाया मात्र बनाउन चाहन्छन् । जसले जे भने पनि अनेकौं बहानाबाजी गर्दै प्रचण्ड–बाबुराम वर्तमान सरकारलाई अनिश्चित कालसम्म निरन्तरता दिन चाहन्छन् भन्ने स्पष्ट हुंदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर