न्यायालय पनि दलालको गोजीमा

५ भाद्र २०६९, मंगलवार २१:४१ मा प्रकाशित

काठमाडौं, ५ भदौ । राजनीतिक गतिरोधका कारण सर्वत्र बेथिति बढेर जनता निराश भएको अवस्थामा पनि सर्वोच्च अदालतले प्रशंसनीय भूमिका निर्वाह गरेकोले मुलुक पूरै अस्तव्यस्त बन्नबाट जोगिएको भनी चर्चा चलिरहेकै बेला सर्वोच्चका माननीय न्यायाधीशको छवि नै ‘दलाल’को सहचर्यमा परेर धुमिल बन्न लागेको समाचार कसैका लागि पनि प्रिय बन्न सक्दैन । तर, सिङ्गो न्यायालय, प्रहरी प्रशासन र अख्तियारजस्ता निकाय नै आफ्नै मुठ्ठीमा रहेको दाबी गर्दै हिँड्ने एक दलालका कारण सर्वोच्च अदालतका माननीय न्यायाधीश दामोदर शर्माको व्यक्तिगत छविमा दाग लाग्ने सम्भावना बढेको अदालतपरिसरमै चर्चाको विषय बन्न पुगेको छ । दलाली गरेकै भरमा छोटो समयमै करोडपति बनेका गोठाटार स्थायी घर भई हाल गौशालामा बसोबास गर्दै आएका नारायण दाहाल भन्ने व्यक्तिको प्रसङ्ग हो । आईजीपी, न्यायाधीश र विभिन्न संवैधानिक निकायका आयुक्तसमेत आफूले जसलाई चाह्यो उसैलाई नियुक्त गर्न सक्छु भन्दै हिँड्ने गरेका दाहाल कुनैबेला अदालतकै एक सानो तहका कर्मचारी थिए भने एक समय आफूलाई पत्रकार भनेरसमेत चिनाउँथे । काङ्ग्रेस नेतृ सुजाता कोइरालालाई एक वर्षभन्दा बढी चाकडी गरेपछि चाहिँ उनको दिन खुल्यो । सुजातामार्फत गिरिजाप्रसाद कोइरालाको नजिक हुन सफल दाहालले जब कोइरालासँग बसेर पारिवारिक फोटो खिचाउने अवसर पाए, त्यहाँबाट उनको दलाली आकाशिन पुगेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । आफूले लाभ लिनुपर्ने जोसुकैलाई पनि गफ दिएर लठ्याउने खुवी भएका दाहाल ठाउँ या अवस्थाअनुसार काङ्ग्रेस, एमाले र माओवादी बनेर प्रस्तुत हुन पनि पोख्त छन् । यही खुवीका कारण यतिबेला प्रचण्डसम्म पनि उनको पहुँच रहेको बताइन्छ ।
न्यायाधीशहरुलाई सुरा र सुन्दरीसमेत उपलब्ध गराएर काम निकाल्न पछि नपर्ने भनी मित्रमण्डलीबीच चर्चामा रहने दाहाल एक वर्षअघि सर्वोच्चका न्यायाधीश दामोदर शर्मासँगै अमेरिका घुम्न पुगेको सन्दर्भ चर्चामा रहेको थियो भने हालै सुदूरपश्चिमको अनुगमन भ्रमणका क्रममा समेत न्यायाधीश शर्माले दाहाललाई सँगै लैजानुभएको विषयमा न्यायक्षेत्रका व्यक्तिहरु अहिलेसम्म जिज्ञासा र आश्चर्य व्यक्त गर्ने गर्छन् । सुनिन्छ, शर्मालाई प्रधानन्यायाधीश बनाउँदैछु भन्नेसम्मको अभिव्यक्ति दलाल दाहाल निर्धक्क दिने गर्छन् । न्यायाधीशहरुलाई दोहोरी तथा गजल रेष्टुरेन्ट र महङ्गा होटलमा पु¥याएर सुरापानमा डुबाई आफ्नो काम निकाल्न माहिर भनी कहलिएका व्यक्तिसँग गरिमामय पदमा बसेका मुलुकका न्यायाधीशहरु नै यसरी लहसिएका आरोप लाग्छ भने यो मुलुकको भविष्य के होला– चिन्ताको विषय बनेको विश्लेषकहरुको टिप्पणी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित