ओबामासहित हाई प्रोफाइल व्यक्तिहरुको ट्वीटर एकाण्ट ह्याक

१ श्रावण २०७७, बिहीबार १०:२४ मा प्रकाशित

एजेन्सी, १ साउन । बिहिबार हाई प्रफाइलका विश्व चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर खाताहरू ह्याक भएको छ । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट र कम्पनीहरुमा उबर र एपल लगायतको ट्वीटर एकाण्ट ह्याक भएको हो ।

ह्याकरहरुले ति खाता ह्याक गर्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनेका थिए । त्यसको बदलामा २ हजार डलर फिर्ता दिने उल्लेख थियो । यसरी आग्रह गरिएपछि सो बिटक्वाइन खातामा अहिलेसम्म १ लाख डलर जम्मा भएको बताइएको छ ।

ट्वीटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनालाई कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ । ट्वीटरले ति झुटा ट्वीट डिलिट गरेको तथा ति खाताको फिचरहरु सिमित गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोना महामारीको नयाँ प्रकारले आक्रान्त बनेको भारतमा पछिल्लो केही दिनयता भने संक्रमितको संख्यामा केही कमी आएको छ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट