कांग्रेसमा बढ्यो चुनौती

५ भाद्र २०६९, मंगलवार १९:३५ मा प्रकाशित

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसलाई सहमतिय प्रधानमन्त्रीको उमेदवारको नाम तय गर्न सहयात्री दल नेकपा एमालेले ताकेता गरेको धेरै भयो। तर आन्तरिक झगडाका कारण कांग्रेसले उमेदवारको नाम तय गर्न सकेको छैन। पछिल्लो समयमा भने कांग्रेसमा आन्तरिक रुपमा पनि मुख्य तीन नेता बीचको विवाद अन्त्य गरेर प्रधानमन्त्रीको उमेदवारको नाम तोक्न दवाव परेको छ।

आन्तरिक झगडामा अल्झेर १२औं महाधिवेशनपछिको लामो समय बिताएको नेपाली कांग्रेसले हालसम्म संगठन निर्माण तथा मुलुकको राजनीतिक अवस्थाका बारेमा कुनै ठोस दुई बर्ष बित्न लाग्दासमेत गर्न सकेको छैन। बिषेशगरि आन्तरिक विवादमा नै कांग्रेसले दुईबर्ष बितायो। संविधानसभाको चार बर्ष कार्यकालमा समेत कांग्रेसले स्पष्ट रुपमा पार्टीको नेतृत्वमा सरकार बनाउनेतर्फ अगाडि आएन। संविधानसभाको समाप्तीपछि कांग्रेसनेतृत्वको सरकार गठनको आवाज चर्को भन्दै गएको छ।तर सहमतिय सरकार कस्को नेतृत्वमा बनाउने भन्नेमा भने कांग्रेस अन्यौलमा रहेको छ। अहिले सभापति सुशील कोइराला बरिष्ठनेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलका बीचमा प्रधानमन्त्रीको उमेदवार को बन्ने भन्ने झगडा रहेको छ। तीनजना नेताहरु आपसमा मिल्न नसके पार्टीका दोश्रो तहका नेताहरु हस्तक्षेपकारी भुमिका खेल्ने तयारीमा रहेका छन। पछिल्लो केन्द्रीय समितिको बैठकमा दोश्रो तहका नेताहरु एकमुख लागेर पार्टीमा हस्तक्षेपकारी भुमिका खेल्ने चेतावनी दिए।

पछिल्लो केन्द्रीय समितिको बैठकमा मुलुकको संकट समाधानलगायत राजनीतिक मुद्दा छलफल चलाउने सभापति सुशील कोइरालाको तयारी थियो। तर यो तयारीका बारेमा जानकारी पाएको देउवा समुहले आफुअनुकुल निर्णय हुने नदेखेर बिभाग गठनको बखेडा झिक्यो। अनि दुईबर्षदेखि देखिदै आएको किचलो फेरी सुरुभयो। संविधानसभाको चारबर्षे कार्यकालसमेत कांग्रेस नेताहरुले आफुबाहेक अर्को मान्छेलाई प्रधानमन्त्री बनाउने अभियानमा नजुटेको आरोप कार्यकर्ताले लगाउदै आएका छन। बरिष्ठ नेता शेरबहादुर देउवा आफैले सभापति कोइरालालाई असक्षक भएको आरोप लगाइसकेका छन।

कांग्रेसमा नेतात्रय असफल भएको भन्दै पार्टीको केन्द्रीय समितिमा पहिलोपटक सदस्यहरुले आवाज उठाएका छन। यो अवस्थामा सभापति कोइराला बरिष्ठनेता देउवा र उपसभापति पौडेल आपसमा मिल्नुको बिकल्प छैन। तीनजना नेता मिल्दा अझै पनि आम नेताकार्यकर्ताले स्विकार गर्नेछन। तर मिल्न नसक्दा भने पार्टीबाहिर मात्र हैन भित्रै पनि ठुलो चुनौती सामाना गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्