भारतीयबाट ठूलो परिमाणमा चरेस पक्राउ

५ भाद्र २०६९, मंगलवार १७:२८ मा प्रकाशित

काठमाडौं, ५ भदौ । भारत लेक अरडेन्ट कलकता स्थायी घर भई हाल भारत मधुबनी जिल्ला उचैड दुर्गास्थान बस्ने ४५ वर्षीय भगवान ठाकुरलाई बांडभन्ज्याङ गाबिस–५ स्थित झ्याप्ले खोलाबाट निजले चलाएको बी.आर.–०६–जी–३०३३ नम्बरको ट्रकमा फल्स बटम बनाई छिपाई राखेको अवैध लागूऔषध चरेश २ हजार १ सय ९० के.जी. सहित भदौ २ गते लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाई नयां बानेश्वरबाट खटिएको प्रहरी अप्रेसन समूहले पक्राउ गरेको छ । निजको साथबाट नेपाली रुपैयाँ ५ लाख, भारतीय रुपैयाँ १० हजार, मोवाइल १ थान, भारतीय नम्बरको सवारी चालक अनुमतिपत्रको फोटोकपी, ट्रकको रजिष्ट्रेसन कार्ड, भैरहवा भन्सार कार्यालयको प्रज्ञापनपत्र र सोही कार्यालयमा पैसा तिरेको रसिद बरामद भएको छ ।
यसैगरी, बरहथवामा बरहथवा–८ बस्ने १९ बर्षीय मुन्ना यादव र लौकाहा–१ बस्ने १८ बर्षीय सन्तोष राय यादव चढेको बीआर–३०–बी–६७१७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १८ पिस लागूऔषध फोरटुईन इन्जेक्सनसहित निजहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको