सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

२९ असार २०७७, सोमबार १७:१८ मा प्रकाशित

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री योगेश भट्टराईले श्रष्टाहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६ अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिएको छ । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश २ बाट धनुषाका डा. रामसागर पण्डित, बागमती प्रदेशबाट ललितपुरका डा. गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा. ज्ञानबहादुर कार्की, प्रदेश ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह पुरस्कृत भएका छन् ।

प्रा.डा. दयाराम श्रेष्ठलाई भाषा–साहित्य विधाको राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश १ बाट खोटाङका सुरेश हचेकाली, प्रदेश २ बाट बाराका नवराज रिजाल, बागमती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा. ओमप्रकाश आचार्य र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहिलाल उपाध्याय पुरस्कृत भएका छन् ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार श्यामलाल श्रेष्ठ (काठमाडौं) लाई प्रदान गरिएको छ ।

प्रादेशिक प्रतिभा पुरस्कारमा प्रदेश १ बाट सुनसरीका जीवननाथ पोखरेल, प्रदेश २ बाट धनुषाका सरितादेवी मण्डल, बागमती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालिकोटका भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रवीन्द्रबहादुर चन्द पुरस्कृत भएका छन् ।

संगीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिराहाका सत्यनारायण चौधरीले प्राप्त गरेका छन् ।

प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश २ बाट महोत्तरीका हिराकुमारी दर्लामी, बागमती प्रदेशबाट रामेछापका केशर कालिकोटे, गण्डकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहरराम दमाईं पुरस्कृत भएका छन् ।

महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधाअन्तर्गत तेह्रथुमका मोहन सिटौला, निबन्ध विधातर्फ दाङका प्रा. केशव सुवेदी, गद्यख्यान–नाटकतर्फ काठमाडौंका पद्मावती सिंह, बाल साहित्य–लोकसाहित्यतर्फ दैलेखका डा. मधुसुदन गिरी र भाषा–साहित्यतर्फ भक्तपुरका भैरव रिसाललाई प्रदान गरिएको छ ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधातर्फ धादिङका प्रा. घनश्याम उपाध्याय कँडेललाई प्रदान गरिएको छ ।

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधामा कपिलवस्तुका डा. माधवराज पन्थी र साहित्य, संस्कृति र विज्ञानतर्फ काठमाडौंको राष्ट्रिय आविष्कार केन्द्रलाई पुरस्कृत गरिएको छ ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज विक (मरणोपरान्त), मानव अधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार पुरस्कृत भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ: नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको