२०७ औँ भानुजयन्तीः नेपालभित्र औपचारिकता मात्रै, विदेशमा हर्षोल्लाष

२९ असार २०७७, सोमबार ११:५७ मा प्रकाशित

काठमाडौँ, २९ असार । नर्थ क्यारोलाइना नेपाली साहित्य समाज अन्तराष्ट्र्रि नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना च्याप्टर तथा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसी एनसी) को संयुक्त आयोजनामा २०७ औं भानुजयन्ती सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न भर्चुअल भानुजयन्तीमा अतिथिहरु नेपालबाट कल्पतरु साहित्यक पत्रिकाका प्रधान सम्पादक नवराज पुढासैनी ‘ज्योत्सना’, कार्यकारी सम्पादक गोकुल अधिकारी, अतिथि सम्पादक मुकुन्द अर्याल सहभागी थिए ।

अमेरिकाबाट अतिथि कविहरु गोविन्दसिंह रावत, मुक्ति गौतम, दिपा राई पुन, राजेन्द्र अर्याल, सीता अर्याल, उर्मिला निर्दोषी, दुर्गा दाहाल, संस्थाका सल्लाहकारहरु इश्वर देवकोटा, डा. नारायण राजभण्डारी, मनोज प्रधान पनि सहभागी थिए ।

कार्यक्रमका अध्यक्षद्वारा आफ्नै घरबाट आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फुलमाला अर्पण गरी सुरु भएको कार्यक्रममा साहित्यकार डा. हरिहर भट्टराईले भानुभक्तका सक्कली र नक्कली तस्बीरहरु दुबै देखाएर भानुजयन्तीमा सक्कली तस्बीर राखिनुपर्ने बताए । कार्यक्रममा विमोचन भएको पत्रिकाभित्र प्रकाशित केही कविताहरुको संक्षिप्त समिक्षा साहित्यकार डा. गोविन्दसिंह रावतले गरेका थिए ।

यसैबीच दई वर्षमा साहित्यिक संस्थाको कार्यसमिति परिवर्तन भएर नर्या कार्यसमिति आउनु पर्ने प्रावधान अनुसार २०२०—२०२२ को लागि नम्रता गुरागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

नेपालमा यसवर्ष भानु जयन्ती औपचारिकतामा मात्रै समित भएको छ । हरेक वर्षको असार २९ मा भानुका भक्तहरुले भानुलाई सम्झिँदै उनका स्मृतिमा आफ्ना साहित्यिक सिर्जना सुनाउने गरेपनि त्यो पर्याप्त नभएको साहित्यका अग्रजहरुले बताउँदै आएका छन् । हरेक वर्ष असार २९ गते औपचारिकतामा मात्रै सम्झिने र बाँकी ३६४ दिन भानुलाई बिर्सने परम्परा रहेका कारण नेपाली साहित्यले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको बरिष्ठ साहित्यकारहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो