देउवा ‘बहुमतको प्रधानमन्त्री’ नबन्ने

५ भाद्र २०६९, मंगलवार १६:५६ मा प्रकाशित

काठमाडौं, ५ भदौ । पार्टी सभापति सुशील कोइरालाले आफैंलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्न खोजेको आशंका लागेपछि पार्टीभित्रै भांडभैलो मच्चाउन थालेको आरोप लागेका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू बहुमतीय सरकारको प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । हरेक दिन २ बजेदेखि ५ बजेसम्म पार्टी कार्यालयमा बस्ने घोषणा गरेका देउवाले नियमित पार्टी कार्यालय आउने प्रतिवद्धता समेत व्यक्त गरे । सहमतिको विकल्प नभएकाले बहुमतीय सरकारको नेतृत्व नगर्ने बताएका उनले नयाँ चुनावमा जान संविधान संशोधन आवश्‍यक रहेकाले संसदको पुनर्स्थापना निर्विकल्प रहेको उल्लेख गरे । उनले १५ देखि २० दिनकै लागि मात्र भएपनि संसद पुनर्स्थापना गरेर समस्या समाधान गर्न सकिने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार