करिनाको करिअरमा विद्या बालनको झस्का

२ चैत्र २०६८, बिहीबार ११:०० मा प्रकाशित

करिना कपुर जिरो फिगरको कारण मात्र हैन उनले खेलेको फिल्मको व्यावसायिक सफलताका कारण पनि चर्चामा आईरहन्छिन् ।
उनले बलिउडका तीन खानसँग लगातार काम गर्ने मौका मात्र पाइनन् उनले खेलेको फिल्मले नम्बर वान नायिका नै बनायो ।यतिबेला उनलाई चुलिएको आफ्नो करिअरमा विद्या वालनको झस्का पुगेको छ । द डर्टी पिक्चरको व्यावसायिक सफलतासँगै राष्ट्रिय अवार्ड हात पारेकी वालनले अझै आफ्नो दौडको गति बढाएकी छिन् ।

गत साता रिलिज भएको कहानीबाट पनि उस्तै चर्चा बटुलेपछि भने करिनालाई नम्बर एककै पदमा टिकिरहन गाह्रो परेको छ । करिना यतिखेर मधुर भण्डाकारको फिल्म हिरोइनमा मुख्य भूमिकामा देखिँदैछिन् ।

शाहरुखसँगको फिल्म रावनले सोचेजस्तो प्रतिक्रिया नदिएपछि केही खस्किएको आफ्नो करिअरलाई करिनाले चलचित्र हिरोइनबाट पूर्ति गर्न चाहेकी छिन् । तर स्रोतका अनुसार विद्याले भर्खरै अवार्ड जितेपछि करिना उनीप्रति इर्ष्यालु देखिएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु

भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र