पोखरेली आन्दोलन राजधानीसम्म आइपुग्यो

५ भाद्र २०६९, मंगलवार १६:१२ मा प्रकाशित

काठमाडौं, ५ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको माग गर्दै आन्दोलनमा रहेका पोखरेलीहरुले आन्दोलनलाई राजधानीसम्म विस्तार गरेका छन् । पोखरामा बन्द, ट्याक्सी हडताल लगायतका आन्दोलनका कार्यक्रम गरिसक्दा पनि विमानस्थल निर्माण कार्य भांड्न खोज्नेहरु नै हाबी बनेको अनुभूति गरेका पोखरावासीहरुले मंगलबार सिंहदरवार अगाडि धर्ना दिए । पोखराबाट दर्जनौं सवारी साधनमा आएका तथा राजधानीमै रहेका पोखरेलीहरुले आज दिउंसो सिंहदरवारको दक्षिणी गेटतर्फ धर्नाका लागि अघि बढ्दा प्रहरीले रोकेपछि उनीहरु माइतीघर बानेश्वर सडकमै धर्नामा बसेका थिए । धर्नाका कारण सडक समेत अवरुद्ध भएको थियो । प्रहरीले अवरुद्ध सडकलाई खुलाएको छ ।
पोखरा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यमा ढिलाई भएकोमा स्थानीयले संघर्ष थालेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार