नेपाली जनसम्पर्क समिति जापानको सद्भाव पिकनिक सफलताका साथ सम्पन्न

५ भाद्र २०६९, मंगलवार १५:५३ मा प्रकाशित

जापान । नेपालको चरम राजनीतिक संक्रमण अवस्थामा केही राजनीतिक दल तथा समाजको अगुवाहरुबाट जानेर/नजानेर गरेको कार्यबाट सामाजिक बिग्रह, सामाजिक अविश्वास, एक अर्का प्रति शंका उपशंकाको बिजारोपणले आम नेपाली जनतामा असमाजस्यता, असुरक्षाको अनुभूति, एक अर्का द्वेष, अस्थीरता र अस्थाइत्वको संघारमा पुगिरहेको नेपाल तथा नेपाली समाजको दुखदायी समयमा जापानमा बस्ने सम्पूर्ण प्रबाशी नेपाली मित्रहरु, नेपाललाई माया गर्ने जापानिज साथीहरुलाइ एउटै गाठ, एकै साथ, हामी नेपाली एउटै छाहारी, गर्दै एकै ठाउँमा जुटाउन एकताको संघम यथार्तगत सन्देश मुलक स-सद्भाव पिकनिक कार्यक्रमको आयोजना मिती २०१२ जुलाई १९ आइतबारका दिन भव्यताका साथ सम्पन्न भएको छ ।

 

नेपाली जनसम्पर्क समिती जापानको आयोजनामा सम्पन्न भएको यस सद्भाव कार्यकममा जापानमा बसोबास गर्ने व्यबसायिक साथीहरु, विधार्थीहरु, दाजुभाइ, दिदीबहिनी, आमा बुवा, भाइ बहिनी, बालबालिका, श्रीमान श्रीमती, कामदार मित्रहरु, महामहिम राजदुत तथा राजदुताबास नियोग परिवारहरु, पूर्व नेपालको लागि जापानिज नियोग परिवारहरु, नेपालमा गइ बिभिन्न कलेजमा अध्ययन गर्ने जापानिज विद्यार्थी मित्रहरु, नेपालको राजनीतिक दलको प्रतिनिधित्व गर्ने भात्रीसंगठनहरु, जापान स्थिति जात जातिको प्रतिनिधित्व गर्ने संगठनहरु, सामाजिक संघ संस्थाहरु, साझा संस्था गैर आबासीय नेपाली संघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलक पदाधिकारीहरुको सहभागिता र सद्भावना मुलक संयोजन रहेको यस सद्भाव पिकनिकमा मित्रता, पारिबारिक मिलन, सौहार्दता, एकतामुलक, खेलहरु, महिला तथा बालबालिका मुलक रमाइलो खेलहरु, बिंगो, नाटक, चटक, ध्यान, क्यारिकेचर, लोक दोहरी, सामुहिक नाच, समुहगत नाचको सफलता पूर्वक आयोजना गरिएको थियो ।

यस कार्यकममा एकताको लागि, भाइचाराको लागि, मेलमिलापको लागि आयोजना गरिएको हुनाले एकता मुलक मञ्चनहरुलाई केन्द्रिकृत गरि नेपाली नेपाली, नेपाली जापानिजको बिचमा एकता सदभाब कायम हुने र गर्ने सिर्जनात्मक समानुपातिक कार्यकमहरुको सफलता पूर्वक आयोजना गरिएको थियो । सद्भाव पिकनिक कार्यक्रममा जापानको टोक्यो, ओसाका, निगाता, हिरोशिमा, नागोया, आइची, आकिता, सेन्दाई, गुम्मा, फुकुई, होक्काइडो, यामागुची आदिबाट नेपाली तथा जापानिज मित्रहरुको व्यापक सहभागीता भएको थियो ।

यस नेपाली जन सम्पर्क समिती जापनको आयोजनालाई सहर्ष स्वीकार गरि नेपाली सद्भावलाई कायम गर्न प्रत्यक्ष अप्रतक्ष्य रुपमा सहभागी भएर वा नभएर सहयोग गरिदिनु हुने सम्पूर्ण नेपाली तथा जापानिज साथीहरुलाई हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । यस एकतामुलक सद्भावको आयोजनाले नेपालको सामाजिक, राजनीतिक, आर्थिक, जातीय, सांस्कृतिक एकता, सदभाव सह–अस्थित्व, सह–कार्य र नेपाली एकतालाई नयाँ सन्देश तथा मिलनको बाटो र शान्तिपूर्ण शौहर्दता र सामाजिक एकताको मिलनमा रुपान्तरण होस् भन्ने आयोजकको धेय र सदभाव मुलक अपिल रहेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर