मुक्तक सङ्ग्रह ‘उषाको प्रहर’ सार्वजनिक

मुक्तककार उषा के.सी.को मुक्तक सङ्ग्रह "उषाको प्रहर" सार्वजनिक भएको छ ।
२६ असार २०७७, शुक्रबार ११:४२ मा प्रकाशित

२६ असार काठमाडौं । मुक्तककार उषा के.सी.को मुक्तक सङ्ग्रह “उषाको प्रहर” सार्वजनिक भएको छ ।हिजो विहिवार भौतिक दुरी कायम राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको विशेष कार्यक्रममा कुलपति गंगाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गरेका हुन् ।

कृति लोकार्पणका अवसरमा बोल्दै कुलपति उप्रेतीले कोभिड-१९ कोरोनाको महामारीमा बेला पनि साहित्य श्रृजना हुनु र त्यसलाई यस असहज परिस्थितीमा पनि पुस्तक प्रकाशन गर्नु सह्रानिय कार्य भएको बताउनु भएको छ। मुलुकमा कोरोना सङ्क्रमणबाट नागरिकको सुरक्षाका लागि सरकारले गत चैत्र ११ गतेबाट लकडाउन गरि आएको र उक्त समयलाई सर्जकहरूले उपयोग गरि सृजनामा आफुलाई लगाईरहको अवस्थामै आएको मुक्तक सङ्ग्रह “उषाको प्रहर” केसीको साहित्य यात्रा र प्रकाशनको पहिलो प्रहर भएको बताउनु भएको छ ।

मुक्तककार केसीले कोरोना महामारीको त्रास र समस्यामा परेका आम नेपालीले भोग्नु परेको पिडा, मुलुकमा रहेका बेथिती र सामाजिक विकृतीलाई मुक्तकका माध्यमबाट आफुले आवाज उठाएको बताईन् । मुक्तक सङ्ग्रहको भाषा सम्पादन र मुद्रण व्वस्थापन गोरखापत्रका भाषा सम्पादक ममता मृदुल श्रेष्ठले गरेका छन् भने कृति गोदावरी साहित्य परिषदले प्रकाशन गरेको हो । कार्यक्रम आयोजक तथा गोदावरी साहित्य परिषदका सचिव रत्न विरहीले सञ्चालन गरेका थिए । कार्यक्रमा प्राज्ञ डा. देवी नेपाल डा. हेमनाथ पौडेल, मोहन केसी, सर्जक विमुन्स पौडेल, राधा दुलाल कार्की, लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौं । तोकिएको स्वास्थ्य मापदण्डको पालना गरि प्रतिनिधि सभाको विशेष अधिवेशन गरिने भएको छ । कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा