नेवा समाज साउदर्न क्यालिफोर्निया च्याप्टरको रक्तदान कार्यक्रम सम्पन्न

५ भाद्र २०६९, मंगलवार १५:५२ मा प्रकाशित

सुदिप पन्त, अमेरिका, लस्एन्जेलस । लस्एन्जेलसमा रहेको नेवा समाज अमेरिकाको साउदर्न क्यालिफोर्निया च्याप्टरले यही १९ तारिखका दिन अमेरिका रेड्क्रसको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
करीब ५० जना व्यक्तिहरुले रक्तदान गरेको सो कार्यक्रमको संयोजन सस्थाको अध्यक्ष दिल बहादुर श्रेष्ठले गर्नु भएको थियो । नेवा समाज अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले स्थापना भएको छोटो समयमा नै आफुलाई अत्यन्त कृयाशिल संस्थाको रुपमा समाजमा स्थापित गरेको यस क्षेत्रका धेरै नेपालीहरुको भनाइ रहेको छ । स्मरणिय छ, गत केही महिना अगाडि पनि सस्थाले सांस्कृतिकविद डा. सत्यमोहन जोशिलाई अभिनन्दन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र